जनता समाजबादीका १९ सांसदले देउवाको पक्षमा मतदान गर्ने – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

जनता समाजबादीका १९ सांसदले देउवाको पक्षमा मतदान गर्ने


नयाँ बिकल्प,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा संघीय समाजबादी पार्टी, नेपालका बहमुत सदस्यहरुले मतदान गर्ने निर्णय गरेका छन्।

उपेन्द्र यादव पक्षधर १९ सांसदहरुको साउन ३ गते आइतबारका दिन जसपा नेपालको संसदीय दलको बैठक ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा केन्द्रीय कार्यालय बालकुमार ललितपुरमा बसेको आइतबार बसेको थियो।

बैठकले प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा प्रस्तुग गरेको विश्वासको मतको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको जनाइएको छ।
३४ सदस्य रहेको जनता समाजबादी पार्टीका दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेपछि ३२ सदस्यीय रहेको छ।

पार्टीमा बिबाद बढ्दै गएपछि केही उपेन्द्र यादव पक्षका पूर्वसंघीय समाजबादीका केही सांसद महन्थ ठाकुर समूहको पूर्वराजपा समूहमा गएका थिए।

केपी ओली नेतृत्वको सरकार ढलेसँगै ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा आएका छन्। ठाकुर पक्षमा लागेर ओली नेतृत्वको सरकारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री भएकी रेणुका गुरुङ उपेन्द्र यादव पक्षमा आएकी छन्।

त्यस्तै, ठाकुर पक्षधर तत्कालिन जनता समाजबादी पार्टीको राजेन्द्र महतो समूहबाट सर्लाही क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद साह उपेन्द्र यादव पक्षमा आएका छन्। त्यस्तै, ठाकुर पक्षका महिन्द्र राय यादव र रानी मण्डल यसअघि नै उपेन्द्र यादव पक्षमा आएका थिए।

देउवाको पक्षमा मतदान गर्न ठाकूर समूहका सांसदहरु मृगेन्द्रकुमार सिंह यादव, अमृतादेवी अग्रहरी र नरमायाँ ढकाल तयार भएका छन्। उपेन्द्र यादवपक्षधर भनेर चिनिएका तत्कालिन संघीय समाजबादीबाट धनुषा २ बाट निर्वाचित उमाशंकर अरगरिया र पर्षा क्षेत्र नं २ बाटा निर्वाचित विमलकुमार श्रीवास्तव भने ठाकुर तिरै लागेका छन्।

रानी मण्डल सप्तरीकी हुन भने नरमायाँ ढकाल स्याङ्जाकी र अग्रहरी कपिलबस्तुबाट समानुपाति प्रणालीबाट निर्वाचित सांसद हुन्। योसँगै ३२ सदस्यीय जसपा संसदीय मण्डलमा ठाकुर पक्ष अल्पमतमा परेको छ । १९ सांसद उपेन्द्र यादव पक्षमा खुलेपछि अब ठाकुरको समूहमा १३ सांसद मात्रै हरने भएका छन्।

देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने पक्षमा हस्ताक्षर गरेको सांसदहरु
महेन्द्र राय यादव,

बाबुराम भट्टराई,

उपेन्द्र यादव

राजेन्द्रप्रसाद श्रेष्ठ,

रेणुकुमारी यादव,

मृगेन्द्रकुमार सिंह यादव

अमृतादेवी अग्रहरी,

रामसहाय प्रसाद यादव,

मोहम्मद इस्तियाक राई,

प्रदीप यादव,

रामबाबु कुमार यादव

प्रमिला यादव

सुरेन्द्र यादव

डा.सूर्यनारायणा यादव

लिलादेवी सिटौला

नरमायाँ ढकाल

रानी मण्डल

रेणुका गुरुङ

प्रमोद साह

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण ३, १८: ०४

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ३, १८: ०४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ३, १८: ०४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...