
नयाँ विकल्प,
काडमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले संघिय संसदबाट विश्वासकाे मत पाउने पक्का भएकाे छ ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई जनता समाजवादी पार्टीकाे ठाकुर पक्षले विश्वासको मत दिने भएकाे हाे ।
संसदकाे राेष्टममा बाेल्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई मत दिने निर्णय गरेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत पाउने पक्का भएकाे छ ।
ठाकुर पक्षका एक नेताले भने सांसदहरु उपेन्द्र यादव पक्षतिर लागेपछि बाध्य भएर यो निर्णयमा पुगेकाे हाे । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री देउवाले दाबी पेश गर्दा उपेन्द्र यादव पक्षका १२ सांसदले मात्र हस्ताक्षर गरेका थिए ।
त्यतिबेला ३२ मध्ये २० जना ठाकुरतिर लागेका थिए । राजपाका सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आइतबार उपेन्द्र यादव पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका थिए भने रुही नाज मिकरानी सहभागी हुँदै विश्वासकाे मत दिने निर्णय गरेका थिए ।
ओली नेतृत्वको सरकारमा महिला, बाबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ पनि आइतबार यादव पक्षमा लागेका थिए ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...