
नयाँ विकल्प,
काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक वरिष्ठ नेता माधब कुमार नेपाल पक्षले बहिस्कार गरेकाे छ ।
च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरू भएको बैठकमा माधव नेपाल-झलनाथ खनाल पक्षले बहिस्कार गरेकाे हाे ।
सर्वाेच्च अदालतकाे निर्णयसंगै नेकपा विवाद समाधानकालागि गठित कार्यदलकाे १० बुँदे सहमति अनुसार स्थायी कमिटिकाे बैठक बसेकाे हाे ।
कार्यदलले नेकपा एकता पूर्व एमालेकाे जेठ २ अघिको संरचना अनुसार १० औं बैठक भएको ओली पक्षले बताएकाे छ । उता नेपाल खनाल पक्षले भने सहमति बिना बसेकाे याे स्थायी कमिटिलाइ ओलीकाे गुट भेलाकाे संज्ञा दिँदै आएकाे छ ।
हिजाे प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिने क्रममा एमालेकाे थप विभाजित बनेपछि भावी रणनीति के गर्ने भन्ने विषयमा आजकाे बैठकमा छलफल हुने बताइएकाे छ ।
आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...