
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण थमाउने भएको छ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम असार ३० गते प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता देउवाले सदनबाट विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मत हाल्ने एमालेकै २२ सांसदलाई स्पष्टिकरण थमाउने निर्णय सोमबार गरेको हो।
ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले गत असार २८ प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गर्दै संसद पुनस्र्थापना गरेको थियो।
सर्वोच्चले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सदनमा विश्वासको मत लिने प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मतदान गर्न कुनै पनि सांसदलाई राजनीतिक दल सम्वन्धी कानून बमोजिम ह्वीप (निर्देश) जारी गर्न नपाइने र कारबाही समेत गर्न नपाउने आदेश दिएको थियो।
तर, एमालेको सोमबारको बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले मागेको विश्वासको मतको पक्षमा मतदान गरेकै आधार कारबाही गर्ने उदेश्यले स्पष्टिकरण सोधेका हो।
प्रधानमन्त्री देउवाको पक्षमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ छन्।
सांसदहरु गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए। नेपाल पक्षधर एक दर्जन बढी नेता भने संसदमा विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदा उपस्थित नै भएनन् ।
नेपाल पक्षका सांसदहरू झलनाथ खनाल नयाँदिल्लीमा उपचार गराइ रहेका छन् भने भिम रावलले सांसद पदबाट राजिनामा दिने घाेषणा गर्दै संसद भवन परिसरबाट वाहिरीएका थिए । सदनकाे बैठकमा उपस्थित नभइ संसद भवन परिसरमा भने सांसदहरू घनश्याम भूषााल, सुरेन्द्रप्रसाद पाण्डे, गाेकर्ण विष्ट, याेगेश भट्टराइ र सुरेन्द्र पाण्डेहरू थिए । कतै पक्ष र विपक्षमा मत नहाल्ने सांसदलाइ भने स्पष्टिकरण साेधिएकाे छैन्।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...