
नयाँ विकल्प,
काठमाडाैं- नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले बैकिङ् कसूर (चेक बाउन्स) मा फरार रहेका २ लाई नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा काठमाडाै टाेखा-२ का ४८ बर्षीय मिलन डंगाेल,र टेवहालका ६३ बर्षीय देव नारायण महर्जन रहेकाे सिआइवीले जनाएकाे छ । ब्यूरोले फरार प्रतिवादीहरुको खोजतलास एवम् पक्राउको लागि विशेष टाेली परिचालन गरेकाे थियाे ।
बैंकिङ् कसुर मुद्दाहरुमा दुबैजनामाथी उच्च अदालत पाटनले दाेषी ठहर गरेकाे थियाे । सिआइवीकाअनुसार उच्च अदालत पाटनले १५ लाखकाे चेक बाउन्स मुद्दामा फरार रहेका डंगाेलाई ७ दिन र १५ लाखकै चेक बाउन्समा परेका देव नारायण महर्जनलाई ५ दिनकाे जेल सजाय ताेकेकाे थियाे ।
सिआइवीकाे टाेलिले दुवैजनालाइ आइतबार काठमाडाैंकाे टाेखा र कलंकीबाट पक्राउ गरेकाे हाे । नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न चेकहरु काटी दिई बैंकिङ्क कसूरजन्य अपराध गरेका उनीहरूलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने सिआइवीले जनाएकाे छ ।
काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे वरिष्ठ अधिवक्ता यदुनाथ खनालले त्यसको कानुनी तथा राजनीतिक अर्थबारे...
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...