साढे ५ किलो अफिम सहित हेटाैंडाबाट रत्न भुलुन पक्राउ – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

साढे ५ किलो अफिम सहित हेटाैंडाबाट रत्न भुलुन पक्राउ


नयाँ विकल्प,


काठमाडाैं- लागुऔषध नियन्त्रण ब्युरोले साढे ५ किलो फिम सहित मकवानपुर बकैया – ५ का ४४ वर्षीय रत्न भुलुनलाई नियन्त्रणमा लिएकाे छ ।

लागुऔषध नियन्त्रण ब्यूराे कोटेश्वर काठमाण्डौबाट प्रहरी नायव उपरिक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुराकीकाे आधारमा हेटौडा उप -महानगरपालिका -२ संगमचोकबाट नियन्त्रणमा लिएकाे हाे ।

मकवानपुर बकैया स्थायी घर भएका भुलुकाे झोला समेत खानतलासी गर्दा उक्त अफिम बरामद भएकाे हाे ।

पक्राउ परेका उनीलाई थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएकाे छ । प्रहरीले उनीमाथी थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ४, १८: ०६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण ४, १८: ०६

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ४, १८: ०६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...