सामाजिक सञ्जालमाथी प्रहरीकाे निगरानीः दुरुपयोग नगर्न आग्रह – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सामाजिक सञ्जालमाथी प्रहरीकाे निगरानीः दुरुपयोग नगर्न आग्रह

नयाँ विकल्प,


काठमाडाैं- नेपाल प्रहरीले सामाजिक सञ्जालकाे दुरूपयाेग बढेपछि निगरानी बढाएकाे छ ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री बनाई प्रकाशन प्रसारण नगर्न तथा नगराउन आग्रह गरेको हाे ।

नेपाल प्रहरीकाे साइबर व्यूरोले पछिल्लो समय सामाजिक सञ्जाल ट्विटर, फेसबुक लगायतका सामाजिक संञ्जालकाे दुरूपयाेग भैरहेकाे भन्दै त्यस्ताे नगर्न आग्रह गरेकाे छ ।


समाजिक सञ्चालहरूमा विभिन्न नाममा फेक आइडी बनाई नाम, तस्बिर, भिडियो दुरुपयोग गर्दै फोटोसप गरेकाे प्रति ब्यूराेले निगरानी बढाएकाे हाे । ब्युराेले कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएकाे छ ।


साइबर व्यूरोले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध सामग्री प्रकाशन तथा प्रसारण नगर्न समेत सचेत गराएकाे जनाएकाे छ ।


कसैप्रति घृणा वा द्धेष फैलाउने उद्देश्यवाट प्रकासन, प्रसारण गरेको पाइएको हुँदा त्यस्ता गतिविधि गर्ने माथी प्रचलित कानुन बमोजिम ब्यूरोबाट कारबाही हुने ब्यूराेले जनाएकाे छ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण ४, १८: २९

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ४, १८: २९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ४, १८: २९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...