सरकारमा सेकेन्डम्यान कांग्रेसबाटै हुनुपर्ने पौडेल पक्षको निष्कर्ष – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

सरकारमा सेकेन्डम्यान कांग्रेसबाटै हुनुपर्ने पौडेल पक्षको निष्कर्ष


नयाँ विकल्प,


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको छ ।

महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको हो ।

नेता अर्जुननरसिंह केसीका अनुसार अब कांग्रेसका लागि अवसरसँगै चुनौती रहेकाले अत्यन्त संयमित भएर गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण अगाडि बढ्नुपर्छ ।

बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धर्यतापूर्वक प्रतिक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको उनले बताए ।

केसीका अनुसार पौडेल पक्षको बैठकले सरकारको सेकेन्ड पोजिसन पनि कांग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको छ । सेकेन्ड पोजिसनमा पौडेल पक्षीय नेतालाई राख्नुपर्नेमा नेताहरुले जोड दिएको उनले बताए ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७८ श्रावण ४, २२: १९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७८ श्रावण ४, २२: १९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण ४, २२: १९

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...