
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको छ ।
महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको हो ।
नेता अर्जुननरसिंह केसीका अनुसार अब कांग्रेसका लागि अवसरसँगै चुनौती रहेकाले अत्यन्त संयमित भएर गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण अगाडि बढ्नुपर्छ ।
बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धर्यतापूर्वक प्रतिक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको उनले बताए ।
केसीका अनुसार पौडेल पक्षको बैठकले सरकारको सेकेन्ड पोजिसन पनि कांग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको छ । सेकेन्ड पोजिसनमा पौडेल पक्षीय नेतालाई राख्नुपर्नेमा नेताहरुले जोड दिएको उनले बताए ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...