
नयाँ बिकल्प,
काठमाडौं – नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणा र एमाले बरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गर्न पार्टी कार्यकर्तालाई अनुपति दिने अध्यक्ष केपी शर्मा ओलीको व्यवहारप्रति आपत्ति जनाएका छन्।
मंगलबार पौने १२ बजे सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पूर्वमन्त्री समेत रहेका नेता पन्तले सर्वोच्च अदालतको फैसला विरूध्द नारा जुलुश गर्ने र प्रधानन्यायाधीश विरूध्द नारा लगाउंदै उनको पुत्ला जलाउने काम गर्न कार्यकर्तालाई अनुमति दिएकोमा आपत्ति जनाएका छन्।
‘दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय ब्यवस्था मन्त्री भैसकेका र कानून ब्यवसायी समेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका?’ पन्तले भनेका छन्, ‘आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्क्रिति सिकाउनु पो राम्रो होला।’
एमाले बरिष्ठ नेता नेपाल पक्षधर नेता पन्तले ‘चौबीस घण्टे स्पष्टिकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूध्द नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन?’ भनी प्रश्न गरेका छन्।
पन्तले पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र ब्यवहार किन र केका लागि ? भन्दै मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहा गर्न, सबै संयमित र जिम्मेवार बन्न आग्ह गरेका छन्।
उनले अहिले सडकमा जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भैरहेको छ त्यसले नेकपा एमालेको मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको बताएका छन्।
‘लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ। यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु। हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन’, पन्तले लेखेका छन्।

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...