कांग्रेसकाे १४ औं महाधिवेशन डिजिटल भोटिङबाट गर्न सकिने – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

कांग्रेसकाे १४ औं महाधिवेशन डिजिटल भोटिङबाट गर्न सकिने


नयाँ विकल्प,


काठमाडाैं-नेपाली कांग्रेसले पार्टीकाे १४ औं महाधिवेशन डिजिटल प्रबिधिबाट गर्न सकिने डिजिटल भोटिङ प्रविधि तयार पारेकाे जनाएकाे छ ।

कांग्रेसकाे केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट मतदान गर्न सकिने प्रबिधि तयार पारेकाे जनाएकाे हाे । प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल बैठकबाट डिजिटल भोटिङ’ अवधारणालाई अन्तिम रुप दिएकाे थियाे ।

बैठकले पार्टीको १४ औं महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत निर्णय समेत गरेकाे छ । सूचना, सञ्चार तथा प्रचार विभागकाे बैठकले ‘प्रविधि मैत्री अभियान’ अन्तर्गत पार्टीको वेबसाईटलाई समेत आधुनिकीकरण र कृयाशिल सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) डिजिटलाइज गरिएकाे छ ।


कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको सूचना, सञ्चार तथा प्रचार विभागले जनाएकाे छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको बताइएकाे छ । डिजिटल भोटिङको नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ ।

कांग्रेसले प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ । पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै कृयाशिल सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ ।

सूचना, सञ्चार तथा प्रचार विभागको अघिल्लो दुई पूर्ण बैठकबाट समितिका सदस्यहरुलाई सुम्पिइएको जिम्मेवारी सम्पादनमा भएको प्रगति र कमजोरी समिक्षा गर्दै जिम्मेवारी पूरा गर्ने क्रममा रहेका उपसमितिहरु एवं साथीहरुलाई क्रियाशीलता बढाई आगामी बैठकमा प्रतिवेदन प्रस्तुत गर्न निर्देशन गर्ने र आफ्नो जिम्मेवारी पुरा गरेकाे समितिलाइ धन्यवाद दिएकाे छ । नेपाली कांग्रेसको विधान २०१७ को धारा ३७ उपधारा १ को (ज) बमोजिम विगतमा गठन गरिएका निम्न उपसमितिहरुलाई थप विस्तारित र व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ ।

सम्बन्धित समाचार

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण ५, १४: ०६

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...

गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
गगनको सम्बोधन : सरकारलाई खबरदारी, देउवा समूहको भेलाबाट आलोचना गर्नेलाई दिए जवाफ
  • २०७८ श्रावण ५, १४: ०६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...

शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
  • २०७८ श्रावण ५, १४: ०६

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...