ओली एमालेले गठन गर्याे प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

ओली एमालेले गठन गर्याे प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’


नयाँ विकल्प,


काठमाडाैं- नेकपा एमालेलेओलीले समुहले अर्काे साइवर सेना ‘आइटी आर्मीमा’ गठन गरेकाे छ ।

नवगठित ‘आइटी आर्मी’काे नेतृत्व पूर्व माओवादी छाडेर एमालेमा प्रवेश गरका प्रभु साहको गरेका छन् । आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुने बताइएकाे छ ।

आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ।

भक्तपुरकाे लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा गरिदै छ । सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

आइटी आर्मी’काे घाेषणा पत्रमा मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न गर्ने छाै ,’ भनिएकाे छ ।

देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको जनाइएकाे छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण ५, १५: ५८

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ श्रावण ५, १५: ५८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ५, १५: ५८

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...