
नयाँ विकल्प,
काठमाडाैं-नेपाली सेनाले ब्याबस्थावनमा नेपालकाे हालसम्मकै ठूलाे परियाेजना काठमाडाैं तराई-मधेश द्रुतमार्गकाे प्रगति १६ दशमलव १० प्रतिसत रहेकाे नेपाली सेनाले जनाएकाे छ । नेपाल सरकारको मन्त्रिपरिषद्काे निर्णयबाट नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको थियाे ।
काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक बर्ष ०७७/७८ को प्रगति विवरण प्रगति ९७.३४ प्रतिसत रहेकाे सेनाले जनाएकाे छ । समग्र परियाेजनाकाे प्रगति अघिल्लाे बर्ष ११ प्रतिशत रहेकाे थियाे गत आर्थिक बर्षमा आयोजनाको कुल अंशको थप ५.१० % काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१% प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० % रहेकाे सेनाले जनाएकाे छ ।

याेजनाकाे वित्तिय तर्फ १४.५१ % लक्ष्य हासिल भएको नेपाली सेनाले जनाएकाे छ । सुरुङ्ग मार्ग निर्माणका लागि इन्जिनियरिङ प्राेसियूरमेन्ट कंट्रक्सन माेडेल अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान पश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भईसकेकाे सेनाले जनाएकाे छ ।
३१ ज्येष्ठ २०७८ बाट दुवै सुरुङ्ग ठेक्का प्याकेजहरुको प्रतिवद्धता समेत भई सकेकाे र मोविलाईजेशन सहित कार्य प्रारम्भ गरिएको जनाइएकाे छ ।

सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिएको छ ।
हाल उक्त परामर्शदाताबाट टिम लिडर, प्राेजेक्ट काेअर्डिनेटर, टनेल इन्जिनियरिङ, हाइवे इन्जीनियर,व्रिज इन्जिनियर,म्याटेरियल इन्जिनियर,राेड एण्ड सेफ्टी एक्सपर्ट,सिनियर जियाेलाेजिस्ट,जियाेटेक्निकल इन्जिनियरहरुले काम सुरू भएकाे सेनाले जनाएकाे छ ।

आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना अनुसार ८ वटा बेलिव्रिज जडान गरी सञ्चालनमा ल्याईएको छ । अन्य जडान हुने क्रममा रहेको र पुल तथा सुरुङ्ग निर्माण कार्यको लागि आवश्यक पर्ने पहुंच मार्ग निर्माण कार्य अगाडी बढाईएको नेपाली सेनाले जनाएकाे छ ।

आयोजनाको ५ स्थानमा वेसीक ल्याव इक्कियुपमेन्ट जडान गरी गुणस्तर परिक्षण सुरू गरिएकाे छ । अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार एडभान्स ल्याव इक्यूपमेन्टहरु समेत थप गर्ने तयारी भइरहेकाे सेनाले जनाएकाे छ । हालसम्म ९१.५ % जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धि कार्य सम्पन्न गरिएको छ ।
खोकना-बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ ।

रुख कटान तथा व्यवस्थापन सम्बन्धि कार्य शतप्रतिशत रुपमा सम्पन्न गरिएको छ । रुख कटान भए अनुसार १:२५ को अनुपातमा आषाढ मसान्तसम्म २लाख ४९ हजार १६६ वृक्षारोपण गरिएको छ ।
आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन इआइए तथा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन एसइआईए स्वीकृति भई भइसकेकाे सेनाले जनाएकाे छ ।

नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना कोभिड-१९ को कारण भएको ढिलाइका बाबजुद समयमै सम्पन्न गर्ने सेनाले जनाएकाे छ ।


काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...