प्रतिबन्धित क्याफिनयुक्त रेडबुल २०२ कार्टुन सहित ४ जना प्रहरीकाे नियन्त्रणमा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रतिबन्धित क्याफिनयुक्त रेडबुल २०२ कार्टुन सहित ४ जना प्रहरीकाे नियन्त्रणमा


नयाँ विकल्प
काठमाडाैं- महानगरिय अपराध महासाखाले प्रतिबन्धित निलाे रेडबुल बिक्रि गर्ने चार ब्यापारीलाइ नियन्त्रणमा लिएकाे छ । क्याफिनयुक्त शक्तिबर्द्धक निलाे रेडबुल अखाद्य रसाएन मिलाएकाे पाइएपछि वाणिज्य विभागले २ असार ०७६ देखि नेपालमा बिक्रि गर्न प्रतिबन्ध लगाएकाे थियाे ।

अपराध महाशाखाले काठमाडौंका बिभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जि ड्रिङ्स रेडबुल नेपालमा ल्याई बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरूलाइ पक्राउ गरिएकाे जनाएकाे छ ।

मंगलबार अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धित निलो कलरको शक्तिबर्धक रेडबुल बिक्रीबितरण गरिरहेको अवस्थामा फेला पारी ४ जना सहित २०२ कार्टुन (४८४८ थान) रेडबुल समेत बरामद गरिएको जनाएकाे छ ।

महाशाखाले बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानबाट ८४ कार्टुन रेडबुल सहित सर्लाही हरिपुर- १ बिरेन्द्र चौधरीलाइ नियन्त्रणमा लिएकाे जनाएकाे छ । उनी बिक्रिवितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट पक्राउ परेका हुन् ।

त्यस्तै काठमाण्डौ बबरमहल स्थीत प्रणव स्टोर न्यूरोडका सञ्चालक बर्ष ४४ को रबिनराज ‍श्रेष्ठकाे स्टोरबाट ५९ कार्टुन , बाँके कोहलपुर-९ का राजु पौडेल, ओखलढुङ्गा चम्पा -३ का शक्तिमाता स्टोर कपनका सञ्चालक धन बहादुर श्रेष्ठ पसलबाट ५९ कार्टुन बरामद रेडबुल सहित नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण ६, १४: ३३

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ श्रावण ६, १४: ३३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ६, १४: ३३

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...