उच्चशिक्षा लिन लण्डन पुगेका मल्ल जव त्यहीँ रोजगारदाता भए – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

उच्चशिक्षा लिन लण्डन पुगेका मल्ल जव त्यहीँ रोजगारदाता भए

नयाँ बिकल्प,

लन्डन । नेपालमै बीबीए गरेर सामसुङ जस्तो स्थापित बहुराष्ट्रिय कम्पनीमा काम थालेका मुगुका शिव मल्ल झण्डै १२ वर्षअघि बेलायतमा डिग्री र सीप लिएर स्वदेश नै फर्कने सोचमा थिए। तर उनको सोचाई र योजना परिवर्तन भयो र उनी लण्डनमै सेटल भएका छन्।

विद्यार्थी भिजामा लन्डन आएका शिव अहिले चार बेग्ला बेग्लै कम्पनीका सञ्चालक छन्। नेपाली र विदेशीमूलका गरी करि ५५–६० जनालाई रोजगारी दिएका महत्वाकांक्षी योजनाका धनी ३४ वर्षीय युवा उद्यमी मल्ल आफ्ना अरु पनि धेरै व्यवसायीक योजनाहरु रहेको बताउँछन्।

बेलायतमा मास्टर्स सकेपछि नेपाल फर्किएर आफूले विगतमा काम गरेको सामसुङमा जोडिने उनको पुरानो योजना यतिबेला परिवर्तन भइसकेको छ। जन्मभूमि नेपाल फर्कने मन भए पनि कर्मभूमि बेलायतमै मल्ल रमाउन थालेका छन्।

जागिर गर्ने सिलसिलामा पहिले पिज्जा हटको म्यानेजर बनेका मल्ल पिज्जा हटमा काम गर्दै गर्दा ‘फ्रेन्चाइज कन्सेप्ट’ मा राम्रो ज्ञान हासिल गरेपछि आफै संचालन गर्ने सोचाईमा पुगे। त्यसपछि उनले झण्डै १० हजार पाउण्ड बैंक ऋण लिएर सन् २०१४ जनवरीदेखि डोर टु डोरको फ्रेन्चाइज लिए।

बेलायतमा ६८ शाखा रहेको उक्त कम्पनीले लिफलेटिङ, प्रिन्टिङ एण्ड डिजाइनको काम गर्छ । वेष्ट लन्डन को ह्यारो, इलिङ, अक्सब्रीज, हेज, साउथहल आदि क्षेत्रमा केन्द्रित उनको व्यवसाय यतिवेला फस्टाएको मात्र होइन, स्थापित छ।

ह्यारो, इलिङ काउन्सिलदेखि राजनीतिज्ञ, स्टेट एजेन्ट्स जस्ता कयौं व्यवसायी उनका नियमित ग्राहक बनीसकेका छन्। व्यवसाय प्रवर्धनका लागि बेलायतमा लिफलेटिङ ज्यादै प्रभावकारी हुने उनले बताए।

लक्षित ग्राहकसम्म पुग्न लिफलेटिङमा समस्या नभएको बताउने मल्ल ‘सूचना प्रविधिको उपयोग गरी आफूले व्यवसायलाई अघि बढाएको बताउँछन्।

बेलायतका धेरै नेपालीहरु रेष्टुरेन्ट व्यवसायमै संलग्न भएकाले आफूलाई यस्तै व्यवसाय गर्न इच्छा भएको बताउने मल्लले आफूमा जस्तो अनुभव छ, त्यसमै हात हाल्नुपर्ने बताउँछन्। मल्ल पूँजी धेरै लगानी गरेर भन्दा कुन व्यवासयले राम्रो मार्केट लिनसक्छ भन्ने आइडियाले विजनेश चल्ने बताउँछन्।

पिज्जा हटमा सफलता पाएका मल्लले सन् २०१८देखि गोर्खा क्लिनिङ ट्रेडिङ नामको कम्पनी खोलेका छन्। घरको सफाईमा केन्द्रीत हुने यो व्यवसाय अहिले निकै फस्टाएको मल्ल बताउँछन्।

कोभिडको महामारी बेलायतमा देखिएपछि फुर्सदनको समयमा उनले रारा ब्लु इन्भेन्ट्री सर्भिसेस कम्पनी खोले जुन कम्पनीले घर सर्नुअघि घरको अवस्थाबारे अध्ययन र विवरण लिने गर्छ । इन्भेन्ट्रीबाट घरधनी र भाडामा बस्ने दुवै सुरक्षित हुने र विश्वस्नीयता बढ्ने मल्ल बताउँछन्।

दुई महिनाअघि १ अप्रिल २०२१ देखि ‘यू मुभ’ नामक अर्काे कम्पनी खोले मल्ल यसो पनि ‘फ्रेन्चाइज’ नै भएको बताउँछन्, जसका बेलायतमा एकसय ३५ शाखा छन्। यू मुभले घर किनबेच, भाडा र मोर्गेज सल्लाह दिने गर्छ । वेष्ट लन्डन, नर्थ वेष्ट लन्डन र साउथ वेष्ट लन्डनमा केन्द्रित भएर काम गरिरहेको उनले बताए।

सन् २०१८ मा बीएफए नेटवेष्ट फ्रेन्चाइज सर्भेक्षणले फ्रेन्चाइज व्यवसाय ९९ प्रतिशत सफल भएको मल्ल बताउँछन्। बेलायतको नेपाली डायष्पोरामा छिट्टै विजनेश नेटवर्किङ इभेन्ट गरेर समुदायलाई आफ्नो अनुभव आदानप्रदानको अवसर दिलाउने आफ्नो इच्छा भएको मल्ल बताउँछन्। उनी कुनै पनि नेपालीलाई बिजनेश आइडिया दिन आफै तयार रहेको बताउँछन्।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ६, १६: ५१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण ६, १६: ५१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण ६, १६: ५१

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...