एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छः मुख्यमन्त्री पौडेल – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छः मुख्यमन्त्री पौडेल

नयाँ विकल्प

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरेका छन्। पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको परिपूर्तिका लागि जनादेशको अवमूल्यन गर्दै कम्युनिष्ट आन्दोलनलाई वर्गशत्रुको अगाडि आत्मसमर्पण गराउने प्रवृत्तिप्रति सचेत र सजग रहँदै प्राप्त उपलब्धिको बारेमा जनतालाई सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। पौडेलले समृद्धिको सपनालाई यथार्थमा बदल्न मिल्ने जति सबैसँग मिल्न सकिने धारणा राखेका छन्।

“पुष्पलालले प्रस्तुत गर्नुभएको विचारकै जगमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको स्थापना भएको थियो। विसं २००६ मा उहाँको नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी विभिन्न आरोहअवरोहको सामना गर्दै अघि बढेको छ। टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सक्नेछ। राजनीतिक अधिकार प्राप्तिको आन्दोलनले सफलता पाएसँगै अब हाम्रो प्राथमिक कार्यभार जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ त्यही आकांक्षाको अभिव्यक्ति हो”, सन्देशमा उल्लेख छ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण ७, १०: ०५

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण ७, १०: ०५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण ७, १०: ०५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...