राष्ट्र बैंकसहित १५ बैंकको सिस्टम ह्याक गर्ने चेतावनीपछि बैंकिङ क्षेत्रमा त्रासदी – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

राष्ट्र बैंकसहित १५ बैंकको सिस्टम ह्याक गर्ने चेतावनीपछि बैंकिङ क्षेत्रमा त्रासदी


नयाँ बिकल्प,
काठमाडौ – अमेरिकाबाट नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने टेलिफोन आएपछि नेपालको बैकिङ क्षेत्रमा त्रासदी र आतंक नै मच्चिएको छ।

ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिइएको छ। सो पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा समेत आएको छ।

अंग्रेजीमा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदैछ भनेर फोन गरिएको थियो। यसबारेमा नेपाल राष्ट्र बैंकले भने आफूहरु सचेत हरेको जनाएको छ।

सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई आग्रह गरेको छ।

ह्याकरको इमेल र टेलिफोन कलबारे सरोकारवालालाई जानकारी गराएर सचेत हुन भने पछि यतिवेला नेपालका ठूला बैंकका कर्मचारीहरु सावधानीपूर्वक सचेत भएको बसेका छन्।

बुधबार हयाकरले पठाएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ । इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ।

उक्त पत्र भाइलर भएपछि केन्द्रिय बैंक लगायत अन्य बैंकहरुले पनि प्रणाली निगरानी गरिरहेका छन्। केन्द्रिय बैंकले कुनै पनि बैंकको डेटा यति सजिलै ह्याक हुन नसक्ने भन्दै ढुक्क हुन आग्रह गरेको छ।

‘हाम्रो फायरवाल सिस्टम एकदमै स्ट्रङ छ। त्यति सजिलै कुनै पनि बैंकको डेटा ह्याक हुन सक्दैन’ प्रवक्ता ढकालले भने ‘सबैलाई सुरक्षित रुपमा आफ्नो कारोबार सञ्चालन गर्न आग्रह गरेका छौ।’

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण ७, १६: १४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण ७, १६: १४

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण ७, १६: १४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...