प्रधानमन्त्रीको सरकारी निवासमा बैठक र भेला गरी ओलीले जस्तो फजुल खर्च नगर्ने देउवाको निर्णय – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

प्रधानमन्त्रीको सरकारी निवासमा बैठक र भेला गरी ओलीले जस्तो फजुल खर्च नगर्ने देउवाको निर्णय


नयाँ बिकल्प,

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल भरी प्रधानमन्त्रीको सरकारी निवासलाई बर्थ डे पार्टी मनाउनेदेखि लिएर पार्टीको ठूल ठूला भेला र सम्मेलन गरी राज्यको ढुकुटीबाट करोडौं उडाए पनि प्रधानमन्त्री देउवाले भने त्यो संस्कारलाई त्याग्ने भएका छन्।

प्रधानमन्त्री निवासलाई पार्टीको केन्द्रीय कार्यालय जस्तो हरेक बेठक, भेला र सम्मेलन गर्ने बिगतको गलत परम्परालाई तोड्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु बालुवाटारमा नगर्ने निर्णय गरेका हुन्।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जाल फेसवुकमा बुधबार दिउँसो स्टाटस पोष्ट गर्दै पार्टीका औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने जानकारी दिएका छन्।

प्रधानमन्त्री देउवावको सो निर्णयको कार्यान्वयनको प्रारम्भ भोलि साउन ८ गतेको पार्टी पदाधिकारि र पूर्ब–पदाधिकारिको बैठक देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको छ। पार्टी सभापति देउवाको सो निर्णयको सर्बत्र प्रशंशा र बधाई भन्दै प्रतिक्रिया आउन थालेका छन्।

देउवाले पदाधिकारीको बैठक प्रधानमन्त्री भए पछि गत गत शुक्रबार र शनिबार प्रधानमन्त्रीको सरकारी निवासमा गरेपछि सर्बत्र टिप्पणी गरिएको थियो । त्यसवेला पार्टी कार्यालय सानेपामा पार्टी कार्यकर्ता नै धर्ना र आमरण अनसनमा बसेका कारण पार्टी कार्यालयमा बैठक बोलाउन नसकिएको पार्टीले जनाएको थियो।

महामन्त्री खड्काले अवदेखि पार्टीका औपचारिक बैठक वा भेला प्रधानमन्त्रीको सरकारी निवासमा नगरी सभापतिको निजी निवास बुढानिलकण्ठ वा पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बताए।

कांग्रेसले १४ औं महाधिवेशन तयारीका लागि बैठक राखेको हो। साउन १२ मा वडा अधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशीलको टुंगो नलागेका कारण वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको मिति सार्ने बिषयमा बैठक केन्द्रित हुने बताइएको छ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण ७, १६: ४६

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण ७, १६: ४६

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण ७, १६: ४६

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...