बाताबरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक, पुल, भवन बनाउँदा प्राकृतिक विपत्ति बढ्यो: गृहमन्त्री खाँण – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बाताबरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक, पुल, भवन बनाउँदा प्राकृतिक विपत्ति बढ्यो: गृहमन्त्री खाँण


नयाँ विकल्प,

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सडक, पुल, भवन निर्माण गर्दा बाताबरणीय प्रभावलाई ख्याल नगर्दा बाढी पहिरो जाने क्रम बढेको बताएका छन् ।

बिहीबार बाताबरणीय प्रभाव मूल्याङ्कन नगरी विकास निर्माणको काम गरेकाले प्राकृतिक प्रकोपको घटना बढेको बताएका हुन् ।

मनसुनमा बाढी पहिरोबाट भएका क्षति र सरकारले गरेका काम बारेमा जानकारी लिन राष्ट्रिय विपद न्यूनिकरण प्राधिकरण र गृहमन्त्रालयलाई समितिले छलफलका लागि बोलाएको थियो ।

पहाडी क्षेत्रमा जथाभावी बाटो बनाउने प्रवृत्तिले पनि प्राकृतिक प्रकोप बढाउन सहयोग पुगेको उनको भनाई छ ।

जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै बाढी पहिलो प्रभावित दुई जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्दै काम थालेको बताए ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण ७, १९: ५५

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ७, १९: ५५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ७, १९: ५५

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...