
नयाँ विकल्प,
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुुने भन्दै कटिबद्ध भएर लाग्न महाधिवेशन सम्पन्न गर्न आग्रह पौडेलले आग्रह गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन पार्टीको केन्द्रीय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रै निर्वाचन गराउन उपयुक्त बताए ।
पार्टीको वैधानिकतालाई जोगाउन यसो गरेर अघि बढ्नु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौडेलको तर्क थियो ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...