
नयाँ बिकल्पः
काठमाडौं –जनता समाजबादी पार्टी (जसपा) नेपालको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको छानबिनको क्रममा अध्यक्ष उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समितिका बहुमत सदस्य उभिएका छन्।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा अध्यक्ष महन्थ ठाकुर र विपक्षमा यादव पक्षधर सांसद र नेताहरु लागेसँगै जसपा नेपालमा बिबाद चुलिँदै गएको थियो।
पार्टीको आधिकारिकताको बिबाद बढ्दै जाँदा निर्वाचन आयोगले पार्टीको कार्यकारिणी समितिका ५१ सदस्यमध्ये को कुन पक्षमा छन भनेर बुझ्न आयोगमा भौतिक उपस्थितिमा सनाखत गराएसँगै अध्यक्ष ठाकुर पक्ष जसपामा अल्पमतमा परेको हो।
तत्कालिन समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता हुँदा ५१ सदस्यीय कार्यकारिणी समितिलाई पार्टीको कार्यकारी निकायको रुपमा स्वीकारिएको थियो। पार्टी एकीकरण हुनुपूर्व र पछि ठाकुरलाई साथ दिएका थप १० जनाले साथ छाडेका छन् ।
विवादको सनाखतमा उपेन्द्र यादव पक्षमा स्पस्ट बहुमत देखिएको छ। आयोगमा उपेन्द्रको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन भने हाल जेल सजाय भोगिरहेका सांसद रेशम चौधरीको जेलमै गएर सनाखत गरिने भएको छ।
जसपाको ठाकुर पक्षलाई साथ दिँदै आएका पूर्वराजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव र राजकिशोर यादवले समेत उपेन्द्र यादवलाई साथ दिएका छन्।
ठाकुर पक्षका प्रभावशाली नेताहरु प्रदेश २ का मन्त्रीहरु नवलकिशोर साह, रामनरेश यादव, २ नम्वर प्रदेश सांसद मनिषकुमार सुमन र संघीय संसदका सदस्य अमृता अग्रहरी, कार्यकारिणी सदस्यहरु गोविन्द चौधरी, रमेश यादव र गजाधर यावले समेत उपेन्द्रको पक्षमा हस्ताक्षर गरेका छन्।
निर्वाचन आयोग पुगेर उनीहरूले अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको जसपाका नेता अर्जुन थापाले नयाँबिकल्प डट कमलाई बताए।

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...