
नयाँ बिकल्प,
काठमाडौं –जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवम् प्रतिनिधिसभा सदस्य रेशम चौधरी पार्टीको आधिकारिकता बिबादको विषयमा हेड काउन्टका लागि निर्वाचन आयोग पुगेका छन्।
कैलालीको टिकापुर घटनामा अदालतले दोषी ठहर गरेपछि जेलमा रहेका महन्थ ठाकुर पक्षका नेता चौधरी पछिल्लो समय ठाकुर र महतोप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
५१ सदस्यीय जसपाको कार्यकारिणी समितिका सदस्यहरुलाई भौतिक उपस्थितिबाटै निर्वाचन आयोगले आज सनाखत गराएपछि चौधरी आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगेका हुन्।
उपेन्द्र यादव पक्षले चौधरीले आफूहरुको पक्षमा हस्ताक्षर गर्ने दाबी गरिरहेको बेला थरुहट पक्षका अभियन्ताहरूले कसैको पनि पक्षमा सनाखत नगर्न सुझाव दिएका छन्।
चौधरीले नेताहरुसँगको सल्लाहपछि आफूले निर्णय लिने बताएका छन्। जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको हो।
हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ जना अर्थात बहुमत सदस्य देखिएका छन्। उपेन्द्र यादवले कार्यकारिणी सदस्यहरूलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि तालिम र प्रशिक्षण भनेर राखेको थियो।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...