
नयाँ बिकल्प,
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
जसपाको आधिकारिकता विवाद निरुपण गर्ने उदेश्यले निर्वाचन आयोगले सोमबार जसपाका कार्यकारिणी सदस्यलाई आयोगमै बोलाएर सनाखत गराएको थियो । सोहीक्रममा सोमबार दिउँसो आयोग पुगेका चौधरीले दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन्।
टिकापुर काण्डमा दोषी ठहरपछि हाल डिल्लीबजार कारागारबाट आयोगमा उपस्थित भएका चौधरीले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए।
डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा अयोग पुगेका चौधरीले भने, ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष र विपक्ष दुबै जसपा हो।’
उनले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गरे। महाभारतमा युधिष्ठिर र अर्जुनले युद्ध जित्ने थाहा पाउँदापाउँदै भीष्म पितामहले दुर्योधनलाई साथ दिएको दृष्टान्त प्रस्तुत गर्दै चौधरीले जसपा विवादमा जुनसुकै पक्षले जिते पनि ठाकुरलाई भीष्म पितामहको दर्जा कायम गरिदिन अनुरोध गरे।
काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...