
नयाँ बिकल्प,
काठमाडौं – चन्द्रागिरि नगरपालिकाले नगरका सबै १५ वटै वडा कार्यालय तथा नगर कार्यपालिकाबाट राजश्व प्रशासनको सेवा प्रवाहलाई चुस्त, दुरुस्त तथा प्रभावकारी बनाउने उदेश्यले दुई दिने प्रशिक्षण कार्यक्रम गरेको छ।
नगरपालिकाका पदाधिकारीहरु तथा कर्मचारीलाई व्यवहारिक ज्ञान, सीप र क्षमता विकास गर्ने उदेश्यले यही साउन ८ र ९ गते पातले बन भिनियार्ड रिसोर्टमा दुई दिवसीय राजश्व क्षेत्र सुधार सम्बन्धी प्रशिक्षण कार्यक्रमसम्पन्न गरेको हो।
नगरपालिकाका राजश्व शाखा प्रमुख नुमानन्द दमासेले संचालन गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन, अध्यक्षता र समापन नगर प्रमुख घनश्याम गिरिले गरेका थिए भने राजश्व परामर्श समिति संयोजक तथा नगर उपप्रमुख लीशा नकर्मीले तालिमको सफलताको शुभकामना दिएकी थिइन्।
वडा अध्यक्ष, शाखा प्रमुखहरु र वडाका सचिवलाई राजश्व क्षेत्र सुधार सम्बन्धी तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले बताए।
अर्थ मन्त्रालयका सहसचिव लक्ष्मी निरौलाले स्थानीय तहको वित्तीय व्यवस्थापन, स्थानीय तहको बेरुजु आदिका सम्बन्धमा प्रशिक्षण दिएका थिए।
सफ्टवेयर प्रशिक्षक टिकाराम दाहाल र त्रिभुवन शर्माले अनलाईन पेमेन्ट कसरी गर्ने भन्ने सम्वन्धमा डेमो प्रस्तुत गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले वित्तीय संघीयता र स्थानीय तहको राजश्व अधिकार र स्थानीय तहमा राजश्व परिचालनको वर्तमान अवस्था र सुधारको आवश्यकताका विषयमा प्रशिक्षण दिएका थिए।
प्रशिक्षणको दोश्रो दिन ९ वटै वडा कार्यालयका सचिव र राजश्व असुलीमा प्रत्यक्ष संलग्न रहेका कर्मचारीलाई राजश्व सफ्टवेयरको प्रयोगका सम्बन्धमा सफ्टेक इन्फोटेकका सफ्टवेयर प्रशिक्षक टिकाराम दाहाल र त्रिभुवन शर्माले प्रशिक्षण दिएका थिए।
राजश्व शाखा प्रमुखबाट वडाहरुमा हुने राजश्व सङ्कलनलाई व्यवस्थित गर्ने तरिका र वडा कार्यालयहरुमा आ।व। ०७६-०७७ र ०७७-०७८ को राजश्व सङ्कलनको विश्लेषणत्मक प्रशिक्षण दाहाल र शर्माले दिएका थिए।

राजश्वको दाखिला र राजश्व दाखिला समयमा नगर्दा हुने बेरुजुको अवस्थाको जानकारी वडा सचिवलाई दिएर प्रशिक्षित गरिएको थियो।
नगर उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक लिशा नकर्मीसँग वडा सचिव तथा राजश्व असुलीमा संलग्न कर्मचारी लगायत राजश्व शाखाका कर्मचारीहरुलाई आगामी दिनमा राजश्वको क्षेत्रमा अझ सुधार कसरी गर्न सकिन्छ भनी छलफल भएको थियो।



काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...