
नयाँ बिकल्प,
भक्तपुर – सानोठिमी क्याम्पस स्वबियुका निमित्ति उपसभापति एबम नेबिसंघका नेता सतिश श्रेष्ठलाई क्याम्पस प्रशासनले प्रहरी लगाएर गिरफ्तार गर्न लगाएको भन्दै नेपाल विद्यार्थी संघलाई उनलाई तत्काल रिहाई गर्न माग गरेको छ।
नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले प्रहरी लगाएर विद्यार्थी नेता तथा कार्यकर्तामाथि धरपकड गर्न लगाइ प्रहरी हिरासतमा पुर्याउने सानोठिमी क्याम्पस प्रसासनको व्यवहार प्रति आपत्ति जनाएका छन्।
उनले क्याम्पस भित्रको आन्तरिक द्वन्द्वलाई सम्वाद र छलफलबाट समाधान नगरी प्रहरी प्रशासनको आडमा विद्यार्थीमाथि दमन गर्न खोेजेको भन्दै क्याम्पस हाता भित्र प्रवेश गर्ने विद्यार्थीको नैसर्गिक अधिकारलाई कुन्ठित गराएको भनी बिरोध जनाएका छन्।
सामान्य बिषयलाई लिएर क्याम्पस परिसरभित्र प्रहरी प्रवेश गराइ मुडभेट गराउने सानोठिमी क्याम्पस प्रशासनको नियत निन्दनीय रहेको भन्दै नेविसंघले नेता श्रेष्ठलाई तत्काल रिहाई नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...