
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसको क्रियाशिल सदस्यता छानबिन समितिले धनुषा, सर्लाही, बारा र सप्तरी जिललाको क्रियाशिल सदस्यताको बिबाद टुंगो लगाउन नसकी प्रतिवेदन तयार गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित छानबिन समितिले मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै चार जिल्लाको बिबाद मिलाउने जिम्मा केन्द्रीय कार्यसमितिमै छोडेको छ।
समितिले धनुषाको क्षेत्र नम्बर ४, सर्लाही को क्षेत्र नं २ र बारा तथा सप्तरी जिल्लाको सबै क्रियाशील सदस्यता विवाद टुंगो लगाउन नसकेको जनाएको छ।
चार जिल्लाबाहेक सबै जिल्लाको क्रियाशील सदस्यको बिबादलाई पूर्णता दिएसँगै कांग्रेसमा क्रियाशिल सदस्यको संख्या साढे आठ लाख पुगेको छ। अघिल्लो १३ औं महाधिवेशनमा कांग्रेसका साढे चार लाख सदस्य थिए। क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान पदाधिकारी बैठकमा पेस भएको विवरण अनुसार ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ। सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजार छन् भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन।
काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...