
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय क्रियाशिल सदस्यता छानबिन समितिले पार्टीमा ४ लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशिल सदस्यता दिन पार्टीमा निर्णयसहित सिफारिस गरेको छ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको छानबिन समितिले मंगलबार पार्टी पदाधिकारीसमक्ष पेश गरेको १३ पेज लामो प्रतिवेदनमा पार्टीका ४ लाख ९ हजार ३३ जना क्रियाशिल सदस्यहरुमो सदस्यता नविकरण गरिएको जनाइएको छ।
समितिका अनुसार अब कांग्रेसमा नयाँ र पुराना गरी क्रियाशिल सदस्यहरुको सङ्ख्या ८ लाख ५२ हजार ७११ पुगेको छ। प्रतिवेदनमा क्रियाशिल सदस्यहरुमध्ये ७४.२६ प्रतिशत अर्थात ६ लाख ५३ हजार ४१८ पुरुष, २२.६२ प्रतिशत १ लाख ९९ हजार ९७ जना महिला र ०.०६ अर्थात १७६ जना अन्य रहेका छन्।
सदस्यता टुंगो लगाइएकामध्ये सबैभन्दा धेरै अर्थात ४१ देखि ६० वर्ष उमेर समूहका ३ लाख २८ हजार २३४ रहेका छन् भने १६देखि २५ वर्षसम्मको उमेर समूहका क्रियाशिल सदस्यको सख्या ४० हजार ४२७ रहेको छ। क्रियाशिल सदस्यता छानबिन समितिले पार्टी पदाधिकारीसमक्ष पेश गरेको लिखित प्रतिबेदन यस्तो छ।













भिडियाे….
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...