
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले समितिले तयार पारेको १३ पेज लामो प्रतिवेदनमाथि ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
प्रतिवेदनमा सदस्य गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा भएको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको मंगलबार बिहान बसेको बैठकमा प्रतिवेदन बुझाइएको थियो।
क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताएका छन्। समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको थियो। क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विवाद रहँदै आएको छ।
सदस्यता विवाद निर्धारित समयमै समाधान गर्न नसक्दा आज साउन १२ गतेदेखि हुने भनिएको वडाका अधिवेशन स्थगित गरिएको छ। अर्को तालिका समेत तय भएको छैन।
पार्टी केन्द्रीय कार्यसमितिको गत फागुन ६ गते बसेको बैठकले नेता लेखकको संयोजकत्वमा केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदिप पौडेल, गुरुङ र योगन्द्र चौधरी सदस्य थिए।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...