
नयाँ बिकल्प,
काठमाडौं । मुलुकको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा प्रोभिजनिङको व्यवस्थामा परिवर्तन गर्दै त्यसको सीमालाई बढाए पनि मंगलबारको शेयर बजारमा नकारात्मक प्रभाव पार्न सकेन।
असल कर्जामा समेत प्रोभिजनिङको सीमा बढेपछि बैंक तथा वित्तीय संंस्थाहरुको नाफा र लाभांश क्षमतामा संकुचन आउने आशंका गरिएको थियो। नेपाल राष्ट्र बैंकको निर्देशनपछि मंगलबारको शुरुवाति कारोबारमा शेयर बजार घटे पनि अन्तिममा उकालो लागेको छ। केही वाणिज्य बैंक, लघुवित्त र माइक्रोफाइनान्स कम्पनीहरुमा भने यसको नकारात्मक असर परेको छ।
मंगलबार नेप्से सूचक २९.२३ अंकले बढेर ३०७९.६६को विन्दुमा पुगेको छ सेन्सेटिभ इन्डेक्स पनि ३.१९ अर्थात ०.५६ प्रतिशतले बृद्धि भएको छ। सोमबारको तुलनामा शेयरको कारोबारमा पनि बढोत्तरी आएको छ।
मंगलबार दिन ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भएको छ।
मंगलबारको बजारमा हाइड्रोपावरका साथै फाइनान्स कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। यस दिन हाइड्रोपावर उपसमूहको सूचक ३.७४ प्रतिशतले बढेको छ भने फाइनान्सको २.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ४.७४ प्रतिशतले बढेको छ।
माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०६ प्रतिशतले घटेको छ।
१४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
मंगलबार कारोबारमा आएका १४ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन्। यस दिन मल्टिपर्पस फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।
मंगलबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै ४९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ४८ करोड ३२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २४ लाख, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख र नेश्नल हाइड्रोपावरको ३५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...