
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लुम्विनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादब र गण्डकीका प्रदेश प्रमुख सीताकुमार पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशको प्रमदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
यसअघि बैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गण्डकी प्रदेशको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई पदबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो। यस्तै, बैठकले गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेललाई हटाएर पृथ्वीमान गुरुङलाई ल्याइएको छ।
संविधान अनुसार एउटै प्रदेशमा एक पटकभन्दा बढी प्रदेश प्रमुख बन्न नपाइने भएकाले शेरचनलाई लुम्बिनी पठाइएको हो। शेरचन बैशाख २० गतेसम्म गण्डकीका प्रदेश प्रमुख थिए।
संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने उल्लेख छ। संविधानले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको अधिकार राष्ट्रपतिलाई दिएको छ।
सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’लाई हटाउने तयारी गरे पनि सत्ता साझेदार दल जनता समाजबादी पार्टीको तर्फबाट प्रदेश प्रमुखमा पठाउनेको नाम सिफारिस नगर्दा निर्णयमा ढिलाइ भएको हो।
सत्ता गठबन्धन दल कांग्रेस, माओबादी र नेपका एमालेको माधव नेपाल पक्षलाई २-२ र जसपालाई १ प्रदेश प्रमुख दिने सहमति भएको बालुवाटार स्रोतले बतायो। प्रदेश १ मा साेमनाथ प्यासी अधिकारी, वागमतिमा विष्णु प्रसाइँ, कर्णालीमा गाेविन्दप्रसाद कलाैनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन्। सबै एमालेकाे केपी शर्मा निकटका नेता हुन्।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...