कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्मालाई – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी प्रभुराम शर्मालाई


नयाँ बिकल्प,

काठमाडौं । सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन्। हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी भदौ २५ गतेबाट तीन वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्।

प्रधानसेनापतिले अवकाशको एक महीना अघि विदा बस्ने परम्परा भए पनि मन्त्रिपरिषद बैठकले प्रधानसेनापति थापा बिदामा बसेको दिनबाट शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारसामू नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको बताएका थिए।

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । युद्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन्।

भारत र अमेरिकामा उच्चशिक्षा एवम् सैन्य कला हासिल गरेका शर्मा नेपाली सेनाको इतिहासमा ब्राम्हण समुदायबाट प्रधानसेनापति हुने पहिलो शैन्यअधिकृत हुन्।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण १२, १८: ४४

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण १२, १८: ४४

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ श्रावण १२, १८: ४४

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...