सरकार एमसीसीको पछि लागे गठबन्धन छाड्ने जनर्मार्चा अध्यक्ष केसीको चेतावनी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सरकार एमसीसीको पछि लागे गठबन्धन छाड्ने जनर्मार्चा अध्यक्ष केसीको चेतावनी


नयाँ बिकल्प,

काठमाडौं । पाँच दलिय गठबन्धनका एक घटन राष्ट्रिय जनमोर्चा नेपालले सरकार एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)को पछि लागेमा सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बुधबार भएको पाँच दलका शीर्ष नेताहरुको बैठकमा जनमोर्चाका अध्यक्ष केसीले एमसीसीको पछि लाग्ने र संघीयताको रटान जारी राखेमा आफ्नो पार्टीले गठबन्धन छाड्ने चेतावनी दिएका हुन्।

संघीय संसदमा एक सिट मात्र भए पनि जनमोर्चाको समर्थन र साथकै कारण गण्डकी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार ढलाएर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा प्रदेश सरकार निर्माण भएको थियो।

केसीले गठबन्धनभित्र कोरोना नियन्त्रण र अन्य अत्यावश्यक विषयवस्तुमाथि छलफल हुनुभन्दा पनि संघीयताको पछि लाग्ने र एमसीसी कसरी पास गराउने विषयमा नै केन्द्रित हुने गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलवार साँझ अमेरीकी विदेशमन्त्रीको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक भएपछि केसीले यस्तो चेतावनी दिएका हुन्। राष्ट्रिय जनमोर्चा पहिलेदेखि नै संघीयताको बिरुद्धमा अभिव्यक्ति र क्रियाकलाप गर्दै आएको राजनीतिक दल हो।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ श्रावण १३, १६: १९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ श्रावण १३, १६: १९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ श्रावण १३, १६: १९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...