
नयाँ बिकल्प,
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सभा सदस्यलाई पार्टीबाट निकालिएको जानकारी लुम्विनी प्रदेशसभा सचिवालयलाई गराइएको छ।
जसपाको निर्देशन र निर्णयविपरित लुम्विनी प्रदेश मन्त्री बनेका प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका हुन्।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवको पत्रमा उल्लेख छ।
पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए। तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन। उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन्।
प्रदेश सभा सचिवालयमा दर्ता गरिएको पत्र यस्तो छ –


काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...