नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबारमा पनि गिरावट


नयाँ बिकल्प,

काठमाडौं – करिव ३१ सयको विन्दुमा पुगेको नेप्से बिहीवबार दोहोरो अंकले आरालो लागेको छ। आज १५.११ अंकले गिरावट आएर नेप्से सूचक ३०७९.८३ विन्दुमा झरेको छ।

आज १० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल २१७ कम्पनीको २ करोड ६० लाख भन्दा बढी कित्ता शेयर कारोबार भएको हो। तर होटल तथा पर्यटन र विकास बैंकमा भने लगानीकर्ताको आकर्षण बढेको छ।

बिहीबार होटल समूह ४५.११ अंक र विकास बैंक समूह ५३.४ अंकले वृद्धि भएका छ। आज वित्त समूह सर्वाधिक १.९४ प्रतिशतले ओरालो लागेको छ। बिहीबार लगानी समूह ११३ प्रतिशतले घटेको छ भने बैंकिङ समूहमा ०.४८ प्रतिशत, जलविद्युत समूहमा ०.८८ प्रतिशतले गिरावट आएको छ।

आज जीवन बीमा समूहमा ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४६ प्रतिशत, अन्य समूहमा ०.६१ प्रतिशत र व्यापार समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज गुडविल फाइनान्सको सर्वाधिक ३३ करोड ९२ लाख रुपैयाँको, हिमालयन डिस्टिलरीको २९ करोड ४४ लाख रुपैयाँको, युनाइटेड मोदी हाइड्रोपावरको २५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ७५ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २२ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोको १९ करोड १६ लाख रुपैयाँ, अपी पावरको १७ करोड ९८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १५ करोड ५१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १६ करोड ८४ लाख रुपैयाँ र युनिभर्सल पावरको १६ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने कम्पनी

बिहीबार रिडी हाइड्रोपावरको शेयर मुल्यमा पोजेटिभ सर्किट लाग्यो। आजबाट कारोबारमा आएको जीवन विकास लघुवित्तको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर पहिलो दिनको कारोबारमै प्रतिकित्ता ९ सय ८९ रुपैयाँमा कारोबार भएको छ। पहिलो दिन उसको १०० कित्ता शेयर मात्र खरिदबिक्री भएको छ।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतम् ९१५.८१ रुपैयाँ तोकेको थियो। नेप्सेले तोकेकै रेन्जभित्र सेयर किनबेच भएपछि यो संस्थाको सेयर नियमित कारोबारका लागि खुलेको छ।

जीवन विकास लघुवित्तको सेयर हिजो बुधबार नेप्सेमा सूचीकृत भएको थियो। जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण १४, १८: ४३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण १४, १८: ४३

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण १४, १८: ४३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...