
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदिप गिरीले संविधान अनुसार प्रधानमन्त्री भएर पनि संविधानको मर्म नबुझ्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बढीभन्दा बढी संविधानको शिक्षा दिन जरुरी भएको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बिशेष समय लिएर बोल्दै नेता गिरीले संविधानको मर्म नबुझ्ने ओलीदेखि संविधानको संरक्षक बनेका पूर्वराष्ट्रपति रामबरण यादवलाई समेत संविधानको शिक्षा दिएर यसको रक्षा गर्नु सरकार र गठबन्धन दलको लक्ष्य हुनु पर्ने बताएका हुन्।
‘यस पटकको सरकार असफल भयो भने शेरबहादुर देउवा मात्र असफल हुनु हुँदैन। सरोकारवालाले बुझ्नुस्, यो सरकार असफल भयो भने संविधान असफल हुन्छ। संविधान असफल भयो भने व्यवस्था असफल हुन्छ, व्यवस्था असफल हुन्छ’, गिरीले भने, ‘व्यवस्था असफलताको अवस्था भने सोच्न पनि सकिन्न, कहाली लाग्छ।’
कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको योगदानलाई स्मरण गर्न प्रधानमन्त्री देउवासँग आग्रह गर्दै नेता गिरीले गिरिजाप्रसादले जसरी जाँदा जाँदै जंगलमा रहेका हिंसाबादी माओबादीलाई मूलधारमा ल्याएको नविर्सन आग्रह गरे ।
‘सरकारको लक्ष्य के हो? स्पस्ट हुनुपर्छ। बर्तमान संविधानको प्रावधानप्रति मेरो असहमति छ। त्यसैले यसमा मेरो हस्ताक्षर छैन, कांग्रेसको त्यो एक मात्र हस्ताक्षर नगर्ने म हो। तर, पनि सार्वभौम संसदले बनाएको संविधानलाई मान्नु पर्छ भनेर यही संविधानको रक्षा गर्नु जरुरी छ।’
प्रधानमन्त्री देउवाले खोपलाई सरकारको प्राथमिकता भने पनि त्यसबाछट मात्र जनता सन्तुष्ट रहने अवस्था नआएको गिरीले बताए। उनले भने, ‘ खोप मात्र भनेर हुन्न। सुशासन पनि चाहिन्छ। आमजनता सरकारसँग सन्तुष्ट छैनन्। भरथेग गर्ने दलले पनि सम्झना गर्नुस्।’
गिरीले गिरिजाप्रसाद कोइरालाको नेतृत्वलाई स्वीकारेर माओबादी र मधेशबादी दल सरकारमा आएका आएर फ्युजन भएको १५ वर्ष भए पनि त्यसपछिका वर्षमा कन्फ्युज मात्र भएको छ।
सांसद गिरीले भने, ‘प्रधानमन्त्रीजी विगतका भूलहरु सिकेर अघि बढ्नूस्। ठण्डा दिमागले सोच्नुस। हाम्रा सभापति र गठबन्धन दलका नेताहरुले। लोकतन्त्र भनेको पाँच वर्षमा चुनाव हुनु मात्र होइन, लेख्न पाउने आजादी मात्र पनि होइन । लोकतन्त्र भनेको संख्यातन्त्र होइन भनेर मैले ओलीलाई भनेको थिएँ, त्यो ओलीले अहिले बुझिसक्नो भयो।’
उनले नेपाल सानो देश भनिए पनि भूगोलका दृष्टिकोणले सानो नभएको भन्दै भारत र चीनको बीचमा परेर सानो सम्झिने गरेको बताए।
‘संसाधनले हामीले गरिव छौं तर दरिद्र छैनौं। मानसिकता मात्र गरिव छ। अक्षय र अमुल्य प्राकृतिक स्रोत छ। तर हामीलाई विदेशी डलरको मात्र शोख छ।
भारत, चीन, अमेरिका, युरोपियन युनियनमा विदेश नीतिका सिलसिलामा तथ्यहिन उग्रह मदभेद हुन्छ। ठीक वा बेठीक छ तर विदेश नीति एउटै हुन्छ। जवसम्म हाम्रा दलले साझा विदेश नीति बनाउँदैनौं तबसम्म हामी एक अर्कालाई दोष दिएर, गलत देखाएर मुखको तितो पोख्छौं’ गिरीले भने।
उनले देशमा लोकतन्त्र नभएर दलतन्त्र चलिरहेको भन्दै कुनै मन्त्री वा प्रधानमन्त्रीले मुलुक नहेरी बाहिर बाहिर बाहिर मात्र हेर्न थालेको बताए।
देउवा नेतृत्वको सरकार निर्माण गर्न दलको तानाशाहीभन्दा माथि उठेर विवेक प्रयोग गर्ने स्वतन्त्र सांसद रहेको भन्दै उनले पंचायत कालमा मिलिजुली खान नमिले पनि यो गठबन्धनका प्रत्येक स्टेक होल्डरले गणतन्त्र घोषणादेखि संविधान जारी हुँदै आजसम्म आउँदा के परिवर्तन भयो भनेर सम्झना गर्नु पर्ने बताए।
गिरीले भने, ‘नागरिक समाज र आम जनताले गुनासो गरिरहेका छन्। कोभिडको प्रतिकारमा प्रसस्त काम स्थानीय सरकारले गरेको छ। तर यसलाई कसरी शक्तिशाली बनाउने भन्ने तर्फ ध्यान नदिइ त्यसलाई बिर्सिएर सर्वोच्च अदालतको आदेशमा रमाउने काम नगर्नुस। लोकतन्त्रको जडसुत्रबादी ब्याख्या गरेर हामी माथि उठ्नु परेको छ, प्रधानमन्त्रीज्यू !
भिडियाे…
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...