
नयाँ बिकल्प,
काठमाडौं । नेकपा माओबादीका पूर्वसांसद तथा पूर्वमन्त्री प्रभु साहलाई प्रतिनिधिसभाकी एक सदस्यले हत्यारा, भ्रष्टाचारी र डन भएको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद दिलकुमारीले पूर्वमन्त्री साहमाथि यस्तो आरोप लगाएकी हुन्। उनले विकासप्रेमी देखिन खोजे पनि साह वास्तवमा हत्याराप्रेमी, भ्रष्टाचारप्रेमी र डनप्रेमी भएको आरोप लगाइन्।
साहले धर्म संस्कृति मनाउने नाममा महिलामाथि हिंसा गरेको, तराई क्षेत्रमा प्रचलित मदानी मेलाको नाममा भारतीय कलाकारहरु ल्याएर छाडा गीत गाउन र नाच्न लगाएर संस्कृतिको नाममा महिला हिंसा गरेको सांसद दिलकुमारीले आरोप लगाइन्।
भजनकृतन गरेर मनाउन पर्ने मेलामा महिलाको चरित्र हत्या हुने खाले नाच गान गर्ने गरेको भन्दै सांसद दिलकुमारीले साहबाट महिलामाथि अन्याय, अत्याचार तथा सभ्यतामाथि नै आघात पुग्ने गरी काम गरेको आरोप लगाइन।
विगत २ वर्षदेखि मदानी मेला लगाएर नैतिकहिन काम गरिरहेको आरोप लगाउँदै उनले भनिन्, ‘के समाजवादमा पुग्ने बाटो त्यही हो?’ मेलाबाट उठेको रकममा ठूलो भ्रष्टाचार गरेका साहले मेला लगाउनको लागि पाक्न लागेको गहुँ काटेर गरिबको गाँस खोसेको दाबी सांसद दिलकुमारीको थियो।
पूर्वमाओबादी केन्द्रका नेता साह तत्कालिन नेकपा माओबादीबाट रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित भए पनि २०७७ साल चैतमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि माओबादीले पदमुक्त गरेको थियो।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...