
नयाँ विकल्प
वासिङ्टन- म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले अब भिडियो कुराकानी गर्न मिल्ने सेवासमेत दिने भएको छ।
भिडियो कुराकानी एक पटकमा एक हजार जनासम्मले गर्न मिल्ने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ।
संयुक्तरूपमा भिडियो कुराकानी गर्न मिल्ने, बैठक तथा भेला गर्न मिल्ने माध्यमहरूको प्रयोग बढीरहेका बेला टेलिग्रामले पनि यो सेवा सुरु गरेको हो।
कम्पनीले हालै घोषणा गरेको नयाँ सेवानुसार भिडियो संवादका क्रममा देखिने भिडियोको गुणस्तर पनि धेरै राम्रो आउने बनाइएको छ।
पटकपटकको परीक्षणपछि सार्वजनिक गरिएको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने अरु गृहकार्य भइरहेको पनि कम्पनीले जनाएको छ।
टेलिग्राममा भएको कुराकानी वा छलफललाई सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने र एक महिनापछि आफैँ डिलिट हुने व्यवस्थासमेत गरिएको छ।
भिडियो संवादलाई रेकर्ड गरेर राख्न मिल्ने सेवा पनि रहेको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। एएनआई
काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे वरिष्ठ अधिवक्ता यदुनाथ खनालले त्यसको कानुनी तथा राजनीतिक अर्थबारे...
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...