
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफू नेतृत्वको संयुक्त सरकारमा पार्टीको तर्फबाट चार जनालाई मन्त्रीको लागि नियुक्ति गर्ने निकै सकस परेको छ । गत असार ३० गते गठन भएको ५ सदस्यीय मन्त्रिपरिषद्मा अघिल्लो साता कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनीसकेका छन् ।
संयुक्त सरकारमा कांग्रेसले लगभग ८ वटा मन्त्रालय पाउने निश्चित भएको छ । चार जना मन्त्रिपरिषद्मा सहभागी भइसकेका छन् । वाँकी चारमध्ये एक आफ्नै संस्थापन पक्षबाट, २ जना नेता रामचन्द्र पौडेलको तर्फबाट र एक जना नेता कृष्णप्रसाद सिटौलाको तर्फबाट मन्त्री बनाउने पक्षमा प्रधानमन्त्री देउवा छन् ।
कांग्रेसको तर्फबाट चार मन्त्री छान्नुअघि नै पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला सरकारमा जाने सम्भावना छ । उनलाई मन्त्री बनाउने कुरामा महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला, नेता कृष्ण सिटौलाले पनि सकारात्मक रुपमा लिएका छन् । तर, नेता पौडेल भने सुजाताको सट्टा मन्त्रीमा बर्दियाका संजय गौतम र सप्तरीको तेजुलाल चौधरीलाई पठाउन चाहन्छन् ।
महामन्त्री डा. शशांक कोइरालाले आफू सरकारमा नजाने इच्छा व्यक्त गरिसकेका छन् । उनले आफू नगए पनि देउवा नेतृत्वको सरकारमा काठमाडौंका राजन केसीलाई मन्त्री बनाउनु पर्ने पक्षमा छन् । तर संस्थापनइत्तरका नेता पौडेल भने केसीलाई मन्त्रिपरिषद्मा पठाएर आफूलाई फाइदा नहुने विषयमा ढुक्क छन् । त्यसैले पौडेल तेजुलाल र संजय गौतमको बिबल्पमा अरु नेतालाई छनोट गर्ने पक्षमा छैनन् । महामन्त्री डा. कोइराला भने तेजुलाल र संञ्जय गौतमको सट्टामा उदयपुरका डा. नारायण खड्कालाई मन्त्री बनाउनु पर्ने पक्षमा देखिएका छन् ।
उता सभापति देउवासँग मन्त्री बन्नको लागि सर्लाहीका डा. अमरेसकुमार सिंह, मोरङकी डा. डिला संग्रौला, अर्घाखाँचीकी पुष्पा भूषाल र मानबहादुर विश्वकर्मा, इलामकी सुजाता परियार पनि मन्त्री बन्ने दौडमा छन् । सिंहबाहेक संग्रौला, भूषाल, विश्वकर्मा र परियार समानुपातिक सांसद भएको भन्दै सभापति देउवालाई निर्वाचित सांसदलाई मन्त्री बनाउन उनी निकटका नेताहरुले दबाब दिइरहेका छन् ।
उता तेश्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाको तर्फबाट भने बाराका निर्वाचित सांसद उमाकान्त चौधरी मन्त्री हुने पक्का पक्की छ । चौधरी यसअघि पनि स्वास्थ्य मन्त्री भएर मन्त्रालय हाँकी सकेका नेता हुन । २ नम्वर प्रदेशबा निर्वाचित ५ नेतमध्ये चौधरी लोकप्रीय नेताको रुपमा चिनिएका छन् ।
चौधरी सिटौलाको अतिरिक्त सभापति देउवाको पनि छनोटमा परेका बालुवाटार स्रोतले बतायो । तर फेसवुक र केही दर्ता नै नभएका अनलाइन समाचार पोर्टलहरुले भने गगन थापा स्वास्थ्य मन्त्री भइसके भन्दै झुटो सन्देश प्रचार गरिरहेका छन् । थापालाई मन्त्री बनाउन सभापति देउवा समेत अनिच्छुक देखिएको बालुवाटार स्रोतले बतायो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...