लुम्विनीका ४१ प्रदेश सांसदले सरकारमा दाबी गरेः मुख्यमन्त्री पोखरेलको पद धरापमा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

लुम्विनीका ४१ प्रदेश सांसदले सरकारमा दाबी गरेः मुख्यमन्त्री पोखरेलको पद धरापमा


नयाँ बिकल्प ।

बुटबल । लुम्बिनी प्रदेशमा ४१ जना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षरसहित नयाँ सरकारको दाबी गरेका छन् ।
विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका ४१ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार आफूहरुको दाबी बुझाएका हुन्।

विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न मागसहित निवेदन दिएको हो।
विपक्षी दलहरुले नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको दाबीसहित बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेको पनि जिकिर गरेका छन्।

उनीहरुले मुख्यमन्त्री पोखरेलले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवसँगको मिलेमतोमा अल्पमतमा रहेर पनि जबरजस्ती सरकार चलाइरहेको पनि जिकिर गरेका छन्। लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई जनता समाजबादी पार्टीले पदबाट निष्कासन गरिसकेको छ।

हेर्नुस बहुमत प्रदेश सभा सदस्यले हस्ताक्षरसहित बुझाएको दाबीः

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ श्रावण १८, १७: ४७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ श्रावण १८, १७: ४७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ श्रावण १८, १७: ४७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...