
नयाँ बिकल्प ।
बुटबल । राजनीतिमा इमान्दारीता र अडान भन्दा पनि चरम स्वार्थ र आशक्तिले कति धेरै भूमिका खेलेको छ भन्ने कुरा आज लुम्बिनी प्रदेश सभा सदस्य विमलकुमारी वली ३ घण्टामै युटर्न गरेर उदाहरण देखाइ दिइन्।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई सत्ताबाट निकाल्ने विपक्षी गठबन्धनको योजना अनुसार सोमबार बिहान ४१ सांसदको हस्ताक्षरसहित कांग्रेस र माओवादीसहितको विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सरकारको दाबी गरेका थिए।
विपक्षी दलको गठबन्धनमा आवद्ध भएर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई हटाएन हस्ताक्षर गरेकी वलीले आज दिउँसो भने आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै आफू एमालेमै फर्किएको घोषणा गरेकी छन्।
अल्पमतमा परिसकेको दाबीसहित उनीहरुले शेरचनलाई दिएको निवेदनमा नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए। तर शेरचनलाई ४१ सांसदको हस्ताक्षर बुझाएको केही घण्टा नबित्दै दाङ क्षेत्र नम्बर ३ ख बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति प्रकट गरेकी छन्।
माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सोमबार ४१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी गर्दा विमलाको नाम पनि राखिएको छ। उनको नाम माओवादी केन्द्रकी सांसदका रुपमा ४१ नम्बरमा राखेर पेश गरिएको थियो।
तर उनले सूर्य चिन्हबाहक भएकाले आफू एमालेमै रहेको भन्दै मुख्यमन्त्री पोखरेलप्रति आफ्नो समर्थन रहेको पनि बताएकी छन्। प्रदेशसभा सदस्य वली ०७६ सालमा भएको उपचुनावमा सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
नेकपा विघटन भएको केही समय उनी एमालेमा लागेकी थिइन। तर पोखरेललाई सरकारबाट विदा गर्न भन्दै विपक्षीले हिसाब गरिरहँदा उनी माओवादीतिर लागेकी थिइन्। माओवादीले उनलाई आफ्नै सांसदका रुपमा राखेको थियो।
२०७४ को प्रदेशसभा सदस्यमा एमालेबाट विजयी उत्तरकुमार वलीको सवारी दुर्घटनामा ज्यान गएपछि विमला उपचुनावमा उठेर विजयी भएकी थिइन्।


काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...