कोरोना संक्रमितले भेण्टिलेटर र आयसीयूका शैया काठमाडौमा भरिए – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper
जिप्रका काठमाडौंद्वारा नारा, जुलुस र सभा नगर्न आव्हान

कोरोना संक्रमितले भेण्टिलेटर र आयसीयूका शैया काठमाडौमा भरिए

नयाँ विकल्प ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिँदै सभा, सम्मेलन, धर्ना, जुलुस, सभा, गोष्ठी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा राजधानी काठमाडौं उपत्यकाका ठूला स्वास्थ्य संस्थामा कोभिड १९ संक्रमितका बिरामीले आईसीयु, भेण्टिलेटर र अन्य शैयाहरु क्रमस भरिँदै गएको भन्दै कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेका हुन्।

प्रजिअ पराजुलीले स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको पाइए कानून बमोजिम कार्वाही गर्ने चेतावनी समेत दिएका छन्। प्रशासनले आजदेखि सार्वजनिक स्थानको अनुगमन गर्दै मास्क नलगाउने र सामाजिक दूरी पालना नगर्नेलाई कार्वाही अभियान थालेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मंगलबारबाट अनुगमन शुरु गरिएको भन्दै जिप्रका काठमाडौंले आजै रातिबाट सकिएको निषेधाज्ञा थप कडाइसहित लम्ब्याउने तयारी गरेको छ।

जिप्रका काठमाडाैंबाट जारी विज्ञप्ति –

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण १९, १५: ५४

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ श्रावण १९, १५: ५४

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ श्रावण १९, १५: ५४

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...