
नयाँ बिकल्प,
काठमाडौं । आफ्नो संचारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारलाई २ वर्षदेखि तलब नदिइ काम लगाएको भन्दै आरोप खेप्दै आएको नेपाल रिपब्लिक मिडिया प्रालिसहित अन्य ९ वटा मिडिया हाउसले सरकारबाट सहुलियतपूर्ण ऋण लिएका छन्।
कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई ५ प्रतिशत व्याजमा पुनर्कर्जा दिईने सरकारको घोषणा अनुसार नेपाल राष्ट्र बैंकले नेपालका ९ वटा मिडिया हाउसलाई सहुलियतपूर्ण ऋण प्रवाह गरेको हो।
नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिकमा कार्यरत पत्रकारहरुलाई विगत दुई वर्षदेखि तलव बिना नै काम लगाई रहेको भन्दै त्यहाँ कार्यरत पत्रकार संचारकर्मीहरुले बारम्बार ति दुई मिडिया प्रकाशन गरिरहेको नेपाल रिपब्लिक मिडियो प्रालिमा धर्ना दिँदै आएका थिए।
यसरी सरकारले घोषणा बमोजिमको पुनर्कर्जा लिने संचार प्रतिष्टठानमा सबैभन्दा बढी नागरिक र अंग्रेजी दैनिक रिपब्लिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडिया प्रालिले २० करोड रुपैयाँ सहुलियतपूर्ण अर्थात ५ प्रतिशत व्याजमा कर्जा लिएको हो।
बिनोदराज ज्ञावली अध्यक्ष रहेको यो संस्थाले २० करोड रुपैयाँ ऋण प्राप्त गरेसँगै त्यहाँ कार्यरत कर्मचारी र संचारकर्मीले तबल तथा बक्यौता तिर्ने विश्वास गरिएको छ । हालै मात्र नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको दबाबपछि रिपब्लिक मिडियाले केही संचारकर्मीलाई तलब दिएको थियो।
सरकारले कोभिड १९ प्रभावित उद्योगको रुपमा मिडियालाई पनि समेटेपछि आफूलाई नम्वर वान दाबी गर्ने कैलास सिरोहिया अध्यक्ष रहेको कान्तिपुर प्रकाशन प्रालिले १९ करोढ २९ लाख, सिरोहिया नै अध्यक्ष रहेको कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिले १५ करोड र सिरोहिया नै अध्यक्ष भएको कान्तिपुर एफएमले १ करोड ८८ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएको छ।
यस्तै नेपालको अनलाई न्युज पोर्टलमा आफूलाई नम्वर वान दावी गरिहेको अनलाईन खबर डटकमका संचालक धर्मराज भूषाल संचालक रहेको हिमालय टेलिभिजन नेटवर्क प्रालिले ११ करोड १९ लाख, न्युज टुवान्टीफो टेलिभिजन प्रशारण गरिरेहको नेपाल ब्रोडकास्टिङ च्यानल प्रालिले ६ करोड ३ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लिएको छ ।
यस्तै नेपाल समाचारपत्र दैनिक प्रकासन गरिरहेको कामना न्युज पब्लिकेसन प्रालिले ५ करोड ४२ लाख रुपैयाँ कर्जा लिएको छ। यो दैनिकका संचालक दिरेकलाल श्रेष्ठ हुन्। जनता टेलिभिजन संचालन गरिरहेको जनता प्रशारण तथा प्रकासन प्रालिले ६ करोड ६४ लाख कर्जा लिएका छन्। यसका संचालक डा. बिजय पौडेल हुन्।
राजधानी दैनिक संचालन गरिरहेको राजधानी न्युज पब्लिकेसनले १ करोड ९६ लाख कर्जा लिएको छ। राजधानीको संचालक महेन्द्र शेरचन हुन्।
संचारकर्मीलाई तलव नदिने र दिए पनि ढिला दिने गरेको तथा संचारकर्मीलाई जबर्जस्ती राजिनामा दिन लगाउने अन्नपूर्ण पोष्ट दैनिकले भने यो सहुलियतपूर्ण कर्जा लिएको पाइँदैन्।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...