प्राधिकरणमा कुलमानको चर्चासँगै शेयर बजारमा उछालः कारोबार साढे १५ अर्बबढी – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

प्राधिकरणमा कुलमानको चर्चासँगै शेयर बजारमा उछालः कारोबार साढे १५ अर्बबढी


नयाँ विकल्प।

काठमाडौं । मुलुकलाई लोडसेडिङमुक्त बनाउन व्यवस्थापिकय कुसलता निर्वाह गरेवापत लोकप्रीयतासँगै चर्चा कमाएका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनः आवगमनको चर्चाले शेयर बजारमा सकारात्मक प्रभाव परेको छ।

नेपालको जलविद्युतको क्षेत्रमा सकारात्मक छाप राख्न सकेका घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थालनी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भूषाललाई मंगलबार निर्देशन दिएको सूचनावाहिर आएपछि बुधबारको शेयर बजारमा उछाल आएको हो।

बुधबारको शेयर बजार मापक नेप्से सूचकले मंगलबारको नयाँ रेकर्डलाई समेत तोड्दै नयाँ उचाईमा गएको हो। आज नेप्से १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा पुगेको छ। नेप्सेले कायम गरेको यो हालसम्मकै उच्च विन्दु हो। आज सेन्सेटिभ इन्डेक्स पनि ०.७० अंकले बढेको छ।

आज शेयर कारोबार रकम साढे १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। आज १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर कारोबार भएको हो।

११ कम्पनीको शेयरमा सकारात्मक सर्किट

आज ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसमा पनि सबैजसो जलविद्युत कम्पनी छन्। आन अपि पावर, खानिखोला हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, कालिका पावर, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

ङादी ग्रुप पावरको शेयरमूल्य भने सबैभन्दा धेरै ५.३८ प्रतिशतले घटेको छ भने लक्ष्मी इक्वीटि फण्डको ४.७५ प्रतिशत, पोखरा फइनान्सको ४.५१ प्रतिशत, विजय लघुवित्तको ४.३५ प्रतिशत र नेरुडे लघुवित्तको ४.३२ प्रतिशतले घटेको छ।

आज अपि पावरको सबैभन्दा धेरै ७९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावर ५६ करोड ७२ लाख, सानिमा माई हाइड्रोपावरको ५० करोड ३४ लाख, अरुण काबेली हाइड्रोपावरको ४१ करोड ५५ लाख रुपैयाँ र छिमेक लघुवित्तको ४० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै ५.८१ प्रतिशतले बढेको छ भने बिकास बैंक र फाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ । आज कारोबारका आएका १३ वटा उपसमूहमध्ये ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २०, १५: ५९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २०, १५: ५९

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २०, १५: ५९

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...