महन्थको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेनःआयोगको निर्णय सद्धर – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

महन्थको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेनःआयोगको निर्णय सद्धर

नयाँ बिकल्प।

काठमाडौं । जनता समाजबादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयलाई नै सद्धर गर्दै सर्वोच्च अदालतले आयोगको निर्णयबिरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ।

आधिकारिकता विवादमा सर्वोच्च अदालत पुगेका जसपाका नेता महन्थ ठाकुर पक्षको निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। आयोगले यादव नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिएपछि नेता ठाकुर पक्ष अदालत पुगेको थियो।

नेता ठाकुरले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता यादव पक्षलाई दिएको थियो।

ठाकुरले आयोगको सो निर्णयबिरुद्ध गत साउन १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको थियो। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना अध्यक्ष यादव पक्षमा उभिएपछि आयोगले आधिकारिकता दिएको थियो। नेता ठाकुर पक्षमा १६ जना मात्रै उभिएका थिए।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २०, १६: ५४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २०, १६: ५४

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २०, १६: ५४

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...