
नयाँ विकल्प ।
काठमाडौं । सवल कांग्रेस निर्माणका लागि युवा अभियानले विहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीत हुँदे महाधिवेशन सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने चेतावनी दिएको छ।
पार्टी सभापति शेरबहादुर देउवालाई संवोधन गरी लेखिएको सो ध्यानाकर्षण पत्रमा पार्टीको विधान र नियमावली अनुरूप न्यायपूर्ण ढङ्गले क्रियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनसन लगायतका गुनासाहरुको सम्वोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरिएको छ।
अभियानले साउन १२ बाट वडा अधिवेशन सुरु भई भदौ १६–१९ मा सम्पन्न हुने भनिएको पार्टीको १४औँ महाधिवेशन अनिश्चित बन्न पुगेको विडम्बनापूर्ण परिस्थितिले पार्टीको गरिमामा ठुलो क्षति पुगेको निष्कर्ष निकालिएको छ।
सातै प्रदेशका प्रतिनिधिमुलक युवा साथीहरुको बैठकले सबल काङ्ग्रेस निर्माणका लागि युवा अभियान शुरु गर्ने निर्णयका साथ १४ आँै महाधिवेशनको सुनिश्चितताका लागि सभापतिज्यू र सिङ्गो केन्द्रीय कार्यसमिति समक्ष ध्यानाकर्षण गराइएको अभियानका नेता रमेश महतले बताए।
अभियानले महाधिवेशनको समयसीमाको अन्तीम क्षण पुगिसक्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रूप दिन नसक्नुले नेतृत्वको महाधिवेशन प्रतिको प्रतिबद्धता र नियतमाथी समेत प्रश्न उठ्न थालेको भन्दै क्रियाशिल सदस्यकै विवादमा केन्द्रीय कार्यालयमा धर्ना र अनसन बसिरहेको अवस्थाले पार्टीको कानुनी वैधानिकतामाथी नै प्रश्न उठेको दाबी गरेका छ।
ध्यानाकर्षण पत्रमा विभिन्न राजनीतिक दलबाट कांग्रेसमा समाहित साथीहरुलाई स्वागत गर्ने क्रममा कांग्रेसकै समर्थक, सदस्य वा शुभचिन्तक रहेका व्यक्तिहरुलाई नै कागजी रूपमा नवप्रवेसी बनाई हजारौ क्रियाशील सदस्यता वितरण गरिएका प्रमाणहरु बगे्रल्ती भेटिएको दाबी गरिएको छ।
‘कुत्सित मनसाय राखी प्राविधिक रूपमा सङ्गठन कब्जा गर्ने प्रवृतिले बढावा पाएको हँुदा यस्ता तथ्यहरुमाथी पुनस छानबिन गरी वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वययन गरियोस’, ध्यानाकर्षण पत्रमा भनिएको छ।

पत्रमा नेविसंघ तरुणदल लगायतका भातृ एवम् शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि बर्षौदेखि नगर्ने हो भने कांग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको उर्जा अभिप्रेरित गर्न नसकी आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी रहने हँुदा संकटबाट लोकतन्त्र र काङ्ग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागिता सहितको विधिवत् महाधिवेशन सुनिश्चित गर्न सभापति देउवाको ध्यानाकर्षण गराइएको छ।
अभियानले १४ औ महाधिवेशनको सुनिश्चितताका पक्षमा दबाब सिर्जना गर्न उठाइएका आवाजहरुको अविलम्व सम्बोधन हुने विश्वास व्यक्त गर्दै आफूहरुको माग पुरा नभए पार्टी केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयमा धर्ना, अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिएका छन्।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...