
नयाँ विकल्प ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री भएपछि उनको अभिव्यक्ति, क्रियाकलाप र शैलीको विगतमा जस्तै ‘खासै’ बिरोध भएन्। तर, प्रधानमन्त्रीले सचिवालयलाई आधिकारिक र औपचारिक रुपमा पूर्णता नदिँदै सचिवालयले शेरबहादुर देउवा फ्यान ग्रुपबाट ‘मलाई शेरबहादुर देउवा मन पर्छ किन कि…’ टाइटलमा प्रशंशा गरी बनाइएका भिडियोबाट भने आलोचना र टिप्पणी हुन थालेका छन्।
विरोही समूह वा व्यक्तिले टिप्पणी गर्नु त स्वाभाविक हो, तर पार्टीका तमाम कार्यकर्ताहरुले समेत प्रशंसा र स्तुतीपूर्ण भिडियो भन्दै आलोचना गरेका छन्। पार्टी महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले समेत त्यस्ता कार्य बन्द गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाको सचिवालयमाथि टिप्पणी पार्टी महामन्त्री पूर्णबहादुर खड्काले ‘प्रधानमन्त्री तथा सभापति देउवाका बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोलाई ‘गाईजात्रा’ भनी तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई आग्रह गरेका छन्।
महामन्त्री खड्काले यसअघि पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नराख्न सभापति देउवालाई अनुरोध गरेबमोजिम पार्टी बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा सस्ने गरेको छ।
महामन्त्री खड्काले पार्टीको कुनै तहमा सल्लाह नगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा आपत्ति जनाएका थिए भने सभापति देउवाले गल्ती भएको स्वीकारेका थिए।
तर यसपटक प्रधानमन्त्रीकै सचिवालयबाट भएको अतिसयोक्तिपूर्ण प्रचारप्रति महामन्त्री खड्कले निकै नै आक्रोस पोख्दै त्यसलाई गाइजात्रा भनी टिप्पणी गरेसँगै प्रधानमन्त्री देउवालाई सचिवालयका केही जनशक्तिले भ्रममा पारेको हुनसक्ने आशंका गरिएको छ।

सो भिडियो प्रकरणप्रति सामाजिक सञ्जाल ट्विटरमा पार्टी प्रवक्ता शर्माले पनि काम गर्नुअघि नै प्रशंशासहितको भिडिओ सस्तो लोकप्रियताको लागि भएको टिप्पणी गरेका छन्।
शर्माले ‘प्रधानमन्त्रीको काम गर्ने बेलामा सही सल्लाह र साथ दिने बेला भएको भन्दै काम राम्रो भए जनता आफैंले त्यस्ता भिडिओ बनाउँछन वा पार्टीले बनाउला’ भनी टिप्पणी गरेका छन्।
एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीमा प्रधानमन्त्री देउवाको सचिवालयले गरेको यस्तो प्रचारप्रति असहमति प्रष्ट पार्दै प्रवक्ता शर्माले त्यस्तो कार्य नगर्न प्रधानमन्त्री सचिवालयको ध्यानाकर्षण गराएको बताएका छन्।

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...