अष्ट्रेलियाको एनआरएनए अध्यक्षमा निर्वाचित गुरुङले अघि सारे पाँच बुँदे प्रतिवद्धता – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

अष्ट्रेलियाको एनआरएनए अध्यक्षमा निर्वाचित गुरुङले अघि सारे पाँच बुँदे प्रतिवद्धता


नयाँ विकल्प ।

काठमाडौं । एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा विजयी भएका नन्द गुरुङले आफूलाई विजयी बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै संस्थालाई सबैको साझा र सवल बनाउन तत्पर रहेको बताएका छन्।

सबै मिलेर संस्थालाई साझा चरित्रको बनाउनु पर्ने भन्दै उनले आगामी दिनहरुमा मूख्य पाँच लक्ष्य राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
विश्व महामारीको रुपमा रहेको कोभिड–१९का समयमा अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई जति सक्दो ज्यान बचाउन सहयोग गर्ने, एनआरएनलाई संस्थागत रुपमा बलियो बनाउन पहल गर्ने र सीमावर्ती समुदायसँग सहभागीतामूलक कार्यहरु गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेको अध्यक्ष गुरुङले बताए।

उनले एनआरएनएको जग बलियो बनाउँदै नीति, निमार्णमा विशेष पहल गर्ने र अष्ट्रेलियामा रहेको नेपाली समुदायका समस्यालाई नेपाल सरकार र अष्ट्रेलियन सरकार समक्ष लबिङ्ग गर्ने रहेको उनले स्पष्ट पारे।

आफूले अघि सारेका पाँच एजेण्डाहरु पूरा गर्न आफु प्रतिबद्ध रहेको बताउँदै गुरुङले धेरै नसके पनि अष्ट्रेलियामा रहेका नेपाली समुदायले चाहेको परिवर्तन संस्थामा ल्याउन आफू प्रतिबद्ध रहेको बताए। आफ्नो कार्यकालमा कसैको जात, रंग, क्षेत्र, लिङ्गको आधारमा कुनै प्रकारको भेद्भाव नगर्ने बताउँदै र संस्थालाई नेपालीका लागि नेपालीकै संस्था बाउने प्रतिवद्धता व्यक्त गरे।

बोर्ड निर्देशक डा. ज्ञानेन्द्र रेग्मीलाई बधाई दिँदै उनले सम्पूर्णमा सकारात्मक सोंच राखौं र नकरात्मक सोंच हटाहौं भन्दै सबै नेपाली समुदायलाई एकजुट भएर नेपाललाई सवल र नेतृत्वदायी भूमिकामा रहन पहल गर्ने बताए।

अष्ट्रेलियन एनआरएनएको २०२१ देखी २०२३ सम्मको लागि भएको निर्वाचनमा नन्द गुरुङसहित महासचिवमा राजु अधिकारी, सचिवमा सन्ध्या शाह, कोषाध्यक्षमा अनिल पोखरेल, सह–कोषाध्यक्षमा राजकुमार नगरकोटी, युथ कोअर्डिनेटर बबिन मिश्र र नारी निकुञ्ज नेशनल कोअर्डिनेटर मञ्जु खड्का निर्वाचित भएका छन्।

यस्तै, कुइन्सलाइन स्टेट कोअर्डिनेटर विनोदभक्त आचार्य, नर्थअन टेरिटोरी स्टेट कोअर्डिनेटर विष्णु चापागाई, भिक्टोरिया स्टेट कोअर्डिनेटरमा हरी खड्का, वेस्टर्न अष्ट्रेलिया स्टेट कोअर्डिनेटर दिपक बस्नेत, तासमिनिया स्टेट कोअर्डिनेटर राकेश शाक्य, एसिटी क्यानभेरा कोअर्डिनेटर अशोक बस्नेत निर्वाचित भएका थिए।

एनआरएनएलाई साझा र सवल बनाउन वर्तमान नेतृत्व सवल र सक्षम हुने विश्वास लिएको अष्ट्रलिया एनआरएनए नेतृत्व चयनका संयोजक दुर्गा आचार्य बताउँछन्। त्यसैगरी उनले आईसीसी, एनसीसी, एससीसीमा विजयी भएका सम्पूर्ण पदाधिकारीह?लाई बधाई समेत दिएका छन्।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण २२, १६: ५६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण २२, १६: ५६

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २२, १६: ५६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...