सरकारको न्युनतम साझा कार्यक्रमप्रति थापाको आपत्तिः प्रदेश खारेको माग – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

सरकारको न्युनतम साझा कार्यक्रमप्रति थापाको आपत्तिः प्रदेश खारेको माग


नयाँ बिकल्प ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पाँच दलिय गठबन्धन सरकारका लागि सत्तारुढ दलका नेता संम्लग्न कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रमप्रति आपत्ति जनाउँदै प्रदेश तह खारेज गर्नुपर्ने माग गरेका छन्।

कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको थियो। न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने उल्लेख गरेकोमा आपत्ति जनाउँदै थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेको टिप्पणी समेत गरेका छन्।

उनले सामाजि सञ्जला ट्विटरमा भनेका छन् ‘राष्ट्रको लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीय तहलाई अझ बढी साधन स्रोत र अधिकार सम्पन्न तुल्याउनुपर्छ । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो।’ राप्रपाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नु पर्ने भन्दै राजनीतिक माग राख्दै आएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण २२, १८: ३२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण २२, १८: ३२

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २२, १८: ३२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...