मिस्टर नेपाल २०१९ विजेता उपाध्यायलाई पर्यटन बोर्डद्वारा विदाइ – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

मिस्टर नेपाल २०१९ विजेता उपाध्यायलाई पर्यटन बोर्डद्वारा विदाइ

नयाँ बिकल्प ।

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल–२०१९ का विजेता डा.सन्तोष उपाध्यायलाई विदाई गरेको छ।

बोर्डको विदाईसँगै डा.उपाध्याय प्रतियोगिताको लागि शनिवार पोल्याण्ड गएका हुन्। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले डा. सन्तोषउपाध्यायलाई नेपाली खादा सहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै विदाई गरे।

आगामी अगस्ट १२बाट बन्द प्रशिक्षण सहित आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१ को फाइनल अगस्ट २२ मा हुने छ।
कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.रेग्मीले उपाध्यायले प्रतिनिधत्व गर्ने यस प्रतियोगिताले विश्वमञ्चमा नेपालको परिहचानलाई थप उजागर गर्ने बताए।

‘विश्वमा विभिन्न देशबाट प्रतिनिधत्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ। नेपाल साहसिक पर्यटनका लागि उपयुक्त गन्त्वय रहेको सन्देश दिंदै आयोजक र सहभागिलाई नेपाल प्रति आर्कषित गर्न सकिन्छ’ उनले भने।

सिइओ डा. रेग्मीले कोभिडले विश्वव्यापी रुपमा पर्यटन प्रभावित भएको समयमा आयोजना हुन गइरहेको यो कार्यक्रमबाट नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन र युवाहरुलाई नेपाल आउन आग्रह गर्न सकिने बताए।

विदाई कार्यक्रममा डा.उपाध्यायले आफुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताए। उनले आफुले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिए।

‘नेपाल बहुसांस्कृतिक,बहुभाषिक र बहुधार्मिक मुलुक हो। त्यसैले मैले नेपालको विविधतायुक्त पहिचानलाई कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्ने छु। जसबाट कार्यक्रममा सहभागीहरुले एक पटक नेपाल भ्रमण गर्ने अपेक्षा गरुन’ उनले भने।

लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेका डा.उपाध्याय पेशाले चिकित्सक हुन्। अछामका स्थायी वासिन्दा डा.उपाध्याय हाल फेस फरवार्ड एन्टि एजिइङ क्लिनिक, भाटभटेनी पुल्चोक तथा मेट्रो अस्पताल, महाराजगञ्जमा कार्यरत छन्।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण २४, १९: १२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण २४, १९: १२

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २४, १९: १२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...