
नयाँ बिकल्प ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेमा अब अध्यक्ष र महासचिववाहेकका पदाधिकारीको चयन महाधिवेशनबाट निर्वाचित नगरी मनोनयनबाट हुने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनी पक्षीय स्थायी समितिको सोमबार बसेको बैठकले अध्यक्ष र महासचिववाहेकका पदको निर्वाचन नगर्ने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो।
स्थायी समितिबाट पारित प्रस्ताव आजै बस्ने केन्द्रीय कमिटीमा पेश हुने जनाइएको छ। एमालेले आठौं महाधिवेशनमा महाधिवेशनबाट नै पदाधिकारीहरुको निर्वाचन हुँदै आएको थियो। आठौ महाधिवेशनबाट नै एमाले बहुपदीय प्रणालीमा गएको हो।
हाल एमालेमा अध्यक्ष , पाँच जना उपाध्यक्ष, महासचिव, २ जना उपमहासचिव र ५ जना सचिवहरुको चयन निर्वाचनबाट हुने गरेको छ। एमालेमा विवादका कारण समानान्तर कमिटीहरु कायम छन्।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते ललितपुरमा भेला गरेर समानान्तर कमिटी गठन गरेको थियो। सोमबार बसेको स्थायी समिति बैठकमा पनि खनाल–नेपाल पक्ष उपस्थित भएनन्।
ओली पक्षले एकलौटी रुपमा विधान संशोधन प्रस्ताव पारित गरेको हो। दोस्रो तहका दुबै तर्फका नेताहरु अहिलेपनि एकता गर्ने भन्दै निरन्तर छलफलमा छन्। तर ओलीले भने आफ्नो पक्षको बैठकबाट विधान नै संशोधन गरेका छन्।
स्रोतका अनुसार विधान संशोधन गरेर पार्टीमा वरिष्ठ नेता नराख्ने प्रस्ताव समेत पारित भएको छ। पार्टीमा बहुकेन्द्र निर्माण भएको भन्दै वरिष्ठ नेता नराख्ने विधान संशोन प्रस्तावमा उल्लेख छ। जब कि आठौ महाधिवेशनबाट निवर्तमान अध्यक्षलाई वरिष्ठ नेता मान्ने व्यवस्था भएको थियो।
जुन कुरा आठौ पछि नेपाल र नवौपछि खनाल वरिष्ठ नेता थिए। विधान संशोधन प्रस्तावमा पदाधिकारी घटाउने भनिएको छ। अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...