
नयाँ बिकल्प ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध गराएको विवरणलाई अध्यावधिक गरेसंगै अर्का अध्यक्ष महन्थ ठाकुरसहित पार्टीका १६ कार्यकारिणी सदस्य अब पार्टीबिहीन बनेका छन्।
जसपा विवादमा निर्वाचन आयोगबाट यादवपक्षले आधिकारिता पाएसँगै ३५ जना कार्यकारिणी सदस्यसहितको विवरण आयोगले सोमबार अध्यावधिक गरेको छ। हामीले उपलब्ध गराएको विवरणलाई निर्वाचन आयोगले जसपाको किताबमाअध्यावधिक गराएको नेता अर्जुनबहादुर थापाले बताए।
सोमबारबाट जसापाको केन्द्रीय कार्यकारणी समिति ३५ सदस्यीय भएको छ। फागुन ११ मा आयोगले जसापाका ५१ जना कार्यकारिणी सदस्यको प्रत्यक्ष उपस्थितिमै हेड काउन्ट गर्दा ३४ जना यादवपक्षमा खुलेका थिए भने रेशम चौधरी तठस्थ थिए।
सोमबारबाट जसपाको अध्यक्ष भनिएका ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रलाल शुक्ला, अनिल झा, बृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्ण, विमलप्रसाद श्रीवास्ताव, उमाशंकर अडगरिया दलबिहीन बनेका छन।
हाल ठाकुर लगायतका नेताहरुले जसपाको व्यानर प्रयोग गदै तराईका विभिन्न जिल्ला गएर आफूपक्षिय जसपाका नेता र कार्यकर्ताको भेला बोलाएर छलफल गरिरहेका छन्। ठाकूरर समूहको यस्तो गतिविधिको पूर्वप्रधानमन्त्री तथा अध्यक्ष डा.बाबुराम भट्टराईले विरोध गरेका छन्।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...